arrow

वन्यजन्तु व्यापार नियन्त्रण विधेयक पारित

logo
प्रकाशित २०७५ फागुन २ बिहिबार
upper-house.JPG

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित सर्वसम्मतिले पारित गरेको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाबाट यसअघि सो विधेयक पारित भई प्रतिनिधिसभामा पठाइएको थियो । प्रतिनिधिसभाले सो विधेयक केही संशोधन गरी पुनः राष्ट्रियसभामा पठाएको थियो ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ टेबल गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन गते ३ अपराह्न ४ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ