arrow

एक यस्तो कोहिनूर जसलाई सिख राजाले भारत ल्याए, आक्रमण गरि अंग्रेजले लगे

logo
प्रकाशित २०७५ फागुन २ बिहिबार
lalqilaconquer.jpg

काठमाडौं । वास्तवमा कोहिनूर के हो र यो किन यति धेरै चर्चित छ भन्नेबारे अहिले पनि चर्चा हुने गरेको छ । यो हीरा भारतको पञ्जाबका राजा रणजित सिंहको थियो भने उनीसँग कसरी आयो ? यस विषयमा यहाँ केही चर्चा गरिएको छ ।

भारतको पञ्जाबमा सन् १८१२ मा रणजित सिंहको शासन थियो । त्यतिबेला उनले काश्मिर मुक्त गराउने अभियान शुरु गरेका थिए । यो अभियानबाट डराएर त्यहाँका सुबेदार अतामोहम्मद भागेका थिए । काश्मिर अभियानको पछाडि निकै मूल्यवान् कोहिनूर हीराको कारण पनि थियो ।

अतामोहम्मद अफगानिस्तानबाट आएर काश्मिरमा कब्जा जमाएका थिए । उनको कब्जाबाट मुक्त गराउनका शाहशुजाकी बेगमले रणजित सिंहसँग आग्रह गरेकी थिइन् । बेगम शाहशुजा कैद भएपछि अफगानिस्तानकी शासिका थिइन् । यसको बदलामा उनलाई कोहिनूर भेट स्वरुप दिने उनको प्रस्ताव थियो । रणजित सिंहले प्रस्ताव स्वीकार गरे र आफ्नो वाचा पनि पूरा गरे ।

यद्यपि कोहिनूर हीरा दिने कार्यमा भने बेगमले ढिलाइ गर्दै गइन् । केही महिना बितिसकेपछि पनि हीरा नआएपछि रणजित सिंहले दबाब दिए । धेरे दबाब आएपछि उनीहरुले नक्कली हीरा पठाइदिए, जाँचको क्रममा सो हीरा नक्कली भएको खुलेको थियो ।

यसबाट रिसाएका रणजित सिंह शाहशुजाको घरमा पुगेर यो हीराको विषयमा सोधेका थिए । राजाले यो हीरा आफ्नो पछ्यौरामा लुकाएका थिए । यो कुराको चाल पाएका रणजितले पछ्यौरा साटी चलाखीपूर्वक हीरा ल्याएका थिए । बेगमले रणजित सिंहसँग हीरा गएको कुरा चाल पाइन् । उनी सो हीरालाई जगन्नाथलाई अर्पित गर्न चाहन्थिन् । तथापि, उनको इच्छा पूरा भने हुन पाएन ।

सन् १८४५ मा सिख समुदायमाथि अंग्रेजले आक्रमण गरेको थियो । सो आक्रमणमा सिख सेना पराजित भएसँगै अंग्रेजले कोहिनूर खोसेका थिए ।

कोहिनूर विश्वको सबैभन्दा लोकप्रिय हीरा हो । यो भारतको आन्ध्र प्रदेशमा निकालिएको थियो । शुरुमा यो ७९३ क्यारेटको थियो । अहिले जम्मा १०५.६ क्यारेटको बन्न पुगेको छ । यसको तौल २१.६ ग्राम छ । कुनै समय यसलाई सबैभन्दा ठूलो हीरा मानिन्थ्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ