arrow

'म्यानमारसँग हारको बदला र नयाँ इतिहासको रचना'

पाँचौं महिला साफ च्याम्पीयनसिपको तयारीमा

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
nepali-football-team-women.jpg

काठमाडौं । भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि शुक्रबार साँझ नेपाल र म्यानमार खेल्दै छन् । खेल साँझ ६:१५ बजे सुरु हुनेछ ।

नेपालका लागि यो खेल ऐतिहासिक हो । नेपालले आफूभन्दा माथिका राष्ट्रहरुसंग योपटक मात्रै ठूलो सफलता हासिल गरिरहँदा म्यानमारमाथि पनि समूह चरणमा हारेको हारको बदलासहित इतिहास रच्ने अपेक्षा गरिएको छ ।

पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० ले पराजित भएको थियो । म्यानमार सत्प्रतिशत नतिजा निकाल्दै फाइनलमा पुगेको हो भने नेपाल दुई खेल जितेर फाइनलमा पुगेको हो ।

नेपालको फाइनल यात्रा कम रोचक छैन । नेपालले फिफा वरियताको ४४ औैं स्थानको म्यानमारसंग पहिलो हार बेहोरे पनि त्यसपछि अहिलेसम्म यो उमेर समुहमा हराउन नसकेको भारतलाई उसकै भुमिमा २–१ ले हरायो । भारत ६२ औं वरियतामा रहँदा नेपाल १०६ वरियतामा छ ।

नेपालले अर्को सफलता ६० औं स्थानको इरानसंग पनि हासिल गर्यो । इरान नेपालसंग ३–० ले पराजित भयो ।

साफ च्याम्पियनसिप आयोजनाको तयारी गरिरहेको नेपालले साफको अभ्यासका लागि आफूभन्दा धेरै माथिका बरियताका राष्ट्रहरुसंग खेलिरहँदा ठूलो सफलता चुमिरहेको छ ।

विगत २ महिनादेखी पाँचौं महिला साफ च्याम्पीयनसिपको तयारीमा रहेको नेपालले उस्तै तयारी गरिरहेको भारतलाई समूह चरणमा हराउनु एशीयामा नेपाली महिला फुटबलले आफ्नो छाप बनाउनुका रुपमा बुझ्न थालिएको छ। । भारतले पनि साफलाई केन्द्रितगरी ‘हिरो वुमेन्स गोल्डकप’को आयोजना गरेको हो ।

पाँचौं महिला साफ च्याम्पीयनसिप फागुन २८ गतेबाट बिराटनगरको सहिद रंगशालामा सुरु हुँदैछ । यस गोल्डकपबाट कमजोर पक्ष सुर्धार्दै नेपाल साफ च्याम्पीयन बन्ने लक्ष्यमा छ ।

अब म्यानमार माथि पनि जित पायो भने नेपालले शुक्रबारको दिन ‘गुड फ्राइडे’ मा परिणत हुने थियो ।

प्रशिक्षक हरि खड्का निकै उत्साही छन् । उनले आफूले खेलेर भारतलाई हराउन नसकेकामा प्रशिक्षकको रुपमा हटाउन पाउनुलाई ठूलै उपलब्धि भनेका छन् ।

यसपटक महिला टिमले देखाएको प्रदर्शनले शीर ठाडो बनाएको उनको तर्क छ । ६० औं वरियताको टिम सम्मलाई हराएपछि पहिलो खेलमा खेलेर म्यानमारको कमीकमजोरीको मुल्यांकनसमेत गरिसकेको नेपालले शुक्रबारको खेललाई सफलतामा लैजाने आशा कायमै छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ