- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । सलमान , शाहरुख र आमिर खानसँग चलचित्रमा अभिनय गर्ने प्राय बलिउडका अभिनेत्रीहरुको चहाना हुन्छ । कति अभिनेत्रीको सो सपना पुरा हुन्छ भने कतिको अधुरै रहन्छ । तर बलिउडमा यस्ता अभिनेत्रीहरु पनि छन् जसले सलमान, शाहरुख र आमिरको चलचित्रमा अभिनय गर्न अस्वीकार गरे ।
'प्रेम रतन धन पायो' मा सलमान खानको बहिनिको भुमिका निभाएकी अभिनेत्री स्वरा भास्करले शाहरुख खानको चलचित्र अस्वीकार गरेकी थिइन् । 'रांझणा', 'तनु वेड्स मनु', 'निल बटे सन्नाटा' जस्ता सफल चलचित्रमा अभिनय गरेकी स्वरालाई निर्माता आनंद एल रायले शाहरुखको अगामि चलचित्रमा अभिनय गर्न अफर गरेका थिए । तर चलचित्रमा स्वरा एसआरकेको आमाको भुमिकामा अभिनय नगर्ने भन्दै चलचित्र अस्वीकार गरिन् ।
त्यस्तै अभिनेत्री दीपिका पादुकोणले सलमान खानको चलचित्र खेल्न मानिन् । दीपिका पादुकोणले सलमानको ५ वटा चलचित्रको अफर अस्विकार गरिसकेकी छन् । सन् २०१६ मा रिलिज भएको सुपरहिट चलचित्र 'सुल्तान' को लागि पनि उनलाई अफर गरिएको थियो । दीपिकाले चलचित्र अस्वीकार गरेसँगै चलचित्रमा अनुष्का शर्मालाई लिइएको थियो ।
सलमान खानकै सुपरहिट चलचित्र 'प्रेम रतन धन पायो' मा बहिनिको भुमिका निभाउन अमृता रावलाई प्रस्ताव गरिएको थियो । तर अमृताले सो प्रस्तावलाई अस्वीकार गरिन् । त्यसपछि चलचित्रमा स्वरा भास्करलाई राखिएको थियो ।
आमिर खान स्टारर 'गजनी' मा प्रियंका चोपड़ालाई अफर गरिएको थियो । प्रियंकाले सो भुमिका लिने वा नलिने निश्चित गर्न सकिनन् सोहि क्रममा आमिरले असिनलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गरे ।
त्यस्तै आमिरकै सन् १९९६ मा रिलिज भएको चलचित्र 'राजा हिन्दुस्तानी' मा ऐश्वर्या राय बच्चनलाई प्रस्ताव गरिएको थियो । तर उनि पढाइकै सिलसिलनमा रहेकाले सो प्रस्तावलाई अस्वीकार गरिन् । चलचिमा करिश्मा कपूरले अभिनय गरिन् । चलचित्रमा आमिर-करिश्माको जोडि अहिले पनि सम्झन लायक छ ।
आनन्द एल रयको शाहरुख खान स्टारर चलचित्र 'जीरो' मा कंगना रनोटलाई अफर गरिएको थियो । कंगनाले महिलाको भुमिका सशक्त नरहेको भन्दै सो प्रस्तावलाई अस्वीकार गरेकी छन् ।
एमी जेक्सनलाई सलमान खानको सुपरहिट चलचित्र 'किक' अफर गरिएको थियो । उनि साउथका डायरेक्टर शंकरको कन्ट्रायकमा रहेकाले सो प्रस्ताव स्विकार्न सकिनन् । पछि चलचित्रमा जेकलीन फर्नांडिसलाई लिइएको थियो ।
एमीका साथै विद्या बालनले पनि सलमान खान स्टारर 'किक' को प्रस्तव स्विकारिनन् । भुमिका दह्रो नभएको भन्दै उनले सलमानको चलचित्र रिजेक्ट गरिन् ।
एमी जेक्सन, विद्या बालन बाहेक सलमान खान स्टारर 'किक' परिणीति चोपडालाई अफर गरिएको थियो । तर उनले पनि क्यारेक्टर कमजोर भन्दै चलचित्र अस्विकार गरिन् ।