arrow

साउदीले बनायो यस्तो एप, जसबाट श्रीमानहरुले गरिरहेका छन् श्रीमतिको निगरानी

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
absher-app.jpg

काठमाडौं । साउदी अरबमा मानिसहरु स्मार्टफोनको एक एपको सहयोगमा आफ्नी पत्नी र छोरीहरुको जासुसी गरिरहेका छन् । यो एपको माध्यमबाट उनीहरुको निगरानी पनि गरिरहेका छन् ।

गुगल र एप्पल स्टोरमा रहेको अब्शर नाम गरेको एपको माध्यमबाट मानिसहरु घरका महिला सदस्य कहाँ छन् भन्ने कुरा थाहा पाउन सक्छन् । महिलाले एयरपोर्टमा आफ्नो पासपोर्टको प्रयोग गरेको जानकारी पनि पतिको मोबाइलमा जान्छ । पुरुषले चाहेको खण्डमा महिलालाई एयरपोर्टमा नै रोक्न सक्छन् ।

साउदी सरकारको आग्रहमा यो एप बनाइएको हो । यो एप गुगल प्ले स्टोरमा १० लाखभन्दा धेरै डाउनलोड भइसकेको छ ।  यो एप आएसँगै साउदीमा पुरुषको आदेशविपरीत मुलुक छाड्न चाहने महिलाहरु समस्यामा परेका छन् । यहाँ पुरुष सदस्यको अनुमति विना महिलालाई बाहिर जाने अनुमति छैन ।

गत डिसेम्बरमा घर छाड्न लागेकी एक महिला पक्राउ परेसँगै यो एपको घटना सार्वजनिक भएको थियो । यो घटना सार्वजनिक भएसँगै पश्चिमा मुलुकहरु यो नियमको विरुद्धमा उत्रिएका छन् । एम्नेस्टी इन्टरनेशनलले यो एपले महिलाको स्वतन्त्रतालाई नै खतरामा पारेको बताएको छ ।

अमेरिकी सांसदहरुले पनि यसको समाधानको लागि गुगल र एप्पलका सीईओलाई आग्रह गरेका छन् । साउदीमा सन् २०१८ को अप्रिलमा साउदीमा साइबर आक्रमण रोक्न ल्याइएको नयाँ कानुनअनुसार पति–पत्नी एकअर्काको फोन चेक गर्न पाउँदैनन् । उनी यस्तो गरेको पाइएमा ठूलो जरिवाना हुने नियम छ । साउदीमा ७५ प्रतिशत जनसंख्या सामाजिक सञ्जालको प्रयोग गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ