arrow

एक सोच जसले चार वर्षमा यी महिलालाई बनायो १ खर्ब १५ अर्बको मालिक

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
zilingo-ankiti-bose.jpg

काठमाडौं । केवल चार वर्षमा भारतकी एक महिलाले आफ्नो सोचको कारण नयाँ उदाहरण पेश गरेकी छिन् । २७ वर्षीय अंकिती बोस नाम गरेकी महिलाले उक्त उदाहरण पेश गरेकी हुन् । उनी अनलाइन व्यापार जिलिंगोकी मालिक हुन् ।

 यो कम्पनीको अहिले समग्र मूल्यांकन अहिले १ अर्ब डलर रहेको छ । उनले सन् २०१४ को डिसेम्बरमा आफ्नो यो प्लेटफर्मको शुरुवात गरेकी थिइन् । त्यतिबेला उनी सिक्योई इन्डियामा एक विश्लेषकको रुपमा काम गर्थिन् ।

यसैबीच उनले एक अर्का व्यक्तिसँग मिलेर ई–कमर्सको योजना अघि सारिन् । यसको चार महिनापछि उनले नोकरी छाडिन् । त्यसपछि दुई जनाले ३०-३० हजार डलरमा नयाँ कम्पनी खोलिएको थियो । यो एक अनलाइन प्लेटफर्म हो, जुन दक्षिणपूर्वी एसियाका साना व्यापारीहरुका लागि आफ्नो उत्पादन बिक्री गर्न अनलाइन प्लेटफर्म उपलब्ध गराउने गर्छ ।

अहिले अंकिता करिब एक अर्बको मूल्य भएको कम्पनीको सीईओ छिन् । गत वर्ष फोर्ब्सले सार्वजनिक गरेको अण्डर–३० एशियाको सूचीमा उनका नाम पनि समावेश थियो ।

अंकितालाई अनलाइन व्यापारको योजना सन् २०१३ मा आएको थियो । सन् २०१८ मा कम्पनीको आम्दानी १२ गुणाले बढेको थियो । अहिले यो कम्पनीको थाइल्याण्ड, कम्बोडियासमेत आठ देशमा कार्यालय छन् । जहाँ चार सय कर्मचारीहरु काम गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ