arrow

नेपाल ऐन संशोधन गर्ने विधेयक बहुमतले पारित

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
parliament1.png

काठमाडौँ । ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि उनले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावमाथि आजै भएको छलफलमा उठेका प्रश्नको जवाफ दिदै उनले मन्त्री ढकालले सम्बन्धित कानून बनाउँदा सांसदले दिएको सुझावसहित परिमार्जन गरिने प्रतिबद्धता जनाए ।

 छलफलमा सांसद प्रेम सुवालले न्यायालयको काम व्यवस्थित र पारदर्शी हुन नसकेको, शिक्षा निःशुल्क भने पनि कार्यान्वयन हुन नसकेको, विद्युत् चोरेर बाल्नेलाई केही कारवाही हुन नसकेको, ऐन संशोधनमा यस्ता विषयमा आवश्यक व्यवस्था गर्न माग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ