arrow

कट्रिनाको सम्बन्ध को सँग ? के भन्छिन्

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
katrina_kaif.jpg.jpeg

काठमाडौं ।  कट्रिना कैफ लामो समययसम्म रणबीर कपूरसँग सम्बन्धमा रहिन् । दुवैको सम्बन्ध विवाहमा परिणत हुने विश्वास गरिए पनि ६ बर्ष एक अर्कासँग डेट गरेपछि दुवै आ-आफ्नो बाटो लागे । अहिले रणबीर कपूर, आलिया भट्टसँग डेट गरिरहेका छन् । यसैबिच कट्रिनाले आफ्नो रिलेशनशिप स्टाटस बारे बताएकी छन् ।

हालै  कट्रिना कैफले एक अन्तर्वार्ता दिएकी छन् । सो अन्तर्वार्तामा उनलाई रिलेशनशिप स्टाटस बारे सोधिएको थियो। उनले उक्त बिषयमा उनलाई केहि थहा नभएको बताइन् । उनले भनिन्, 'मलाई थहा छैन कि म कहिले रिलेशनशिपको बारेमा कुरा गर्न सक्छु वा सक्दिन् । म अहिले सिंगल छु र जो कोहि पनि सिंगल रहन सक्छ ।'

कट्रिना कैफ चाडै सलमान खानसँग चलचित्र ‘भारत’ मा देखिदै छिन् ।  केही दिनमा सुटिङ शुरु हुने यो चलचित्रमा कट्रिना कैफ मुख्य नायिका रहनेछिन् । चलचित्र सुटिङ हुनुभन्दा पहिला चलचित्रको टीजर सार्वजनीक भएको थियो ।

चलचित्रको निर्देशन अली अब्बास जफरले गरेका छन् । चलचित्रका निर्माता अतुल अग्निहोत्री हुन् । भारतमा सलमान खान र कट्रिनाका साथै ज्याकी श्राफ, सुनील ग्रोवर र दिशा पाटनी पनि देखिनेछन् । यो चलचित्र २०१९ को इदको अवसरमा सार्वजनिक गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ