arrow

यी तत्व भएका खानेकुरा खाए रोकिन्छ कपाल झर्न

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
hair-option.jpg

काठमाडौं । धेरै मानिसको लागि कपाल झर्ने समस्या पनि निकै ठूलो समस्याको रुपमा बल्झिएको हुन्छ । कपाल झर्न रोक्नका लागि धेरै प्रयास पनि उनीहरुले गरिरहेका हुन्छन् तर प्रतिफल शून्यजस्तै हुन्छ । निम्न तत्वहरु भएको खाना खानाले कपाल झर्ने समस्या रोकिन सक्छ –

फलाम
प्रशस्त फलाम भएको खाना खानाले मानिसमा कपाल झर्ने समस्या समाधान हुन सक्छ । त्यसैले आफ्नो खानामा फलाम प्रशस्त मात्रामा हुने खानाहरु पनि समावेश गर्नु राम्रो हुन्छ । फलामका लागि पालुङ्गो सबैभन्दा राम्रो स्रोत हो ।

जिंक
जिंक कपाल झर्न रोक्ने निकै महत्वपूर्ण तत्व हो । पालुङ्गो, अण्डा, गेडागुडीजस्ता खानेकुरामा पनि उल्लेख्य मात्रामा जिंक हुन्छ ।

भिटामिन ए
भिटामिन एले पनि मानिसको कपाल झर्नबाट रोक्न सहयोग गर्छ । गाजर, आलु, फर्सी, मकै, पालुङ्गोजस्ता खानामा प्रशस्त मात्रामा भिटामिन ए पाइन्छ ।

भिटामिन डी
कपाल बचाउन भिटामिन डी पनि निकै आवश्यक तत्व हो । सूर्यको प्रकाशमा बस्दा मानिसको शरीरले आफैं भिटामिन डी उत्पादन गर्छ । माछामासु र अण्डामा पनि उल्लेख्य मात्रामा भिटामिन डी पाइन्छ । साथै दूध, सुन्तलाको जुस तथा विभिन्न खाद्यान्नमा पनि भिटामिन डी पाइन्छ ।

बायोटिन
बायोटिन भिटामिन बीकै एक भाग हो । यसलाई बी७ को नामले पनि चिनिन्छ । यसको अभावमा कपाल झर्ने, छालाको समस्या देखिनेलगायतका समस्या हुन्छ  । अण्डा, आलु र पालुङ्गोजस्ता खानामा बायोटिन पाइन्छ ।

ओमोगा तेल
ओमेगा–३ र ६ तेल मानिसको मुटु र मस्तिष्कको लागि राम्रो मानिन्छ । यसमा रहेको फ्याट्टी एसिडले कपाल झर्न रोक्नुका साथै नयाँ कपाल उमार्नका लागि पनि सहयोग गर्छ । माछा, गेडागुडी, अंगुरको दाना, फर्सी र नरिवलबाट निकालिएको तेल ओमेगा तेलभित्र पर्छन् । कुनै मानिसले प्रतिदिन ४० मिलिग्राम फर्सीको बियाँको तेल प्रयोग २४ सातासम्म गर्छ भने उसको कपाल ४० प्रतिशत छिटो बढ्छ ।

मह
मह, जैतुनको तेल र दालचिनी कपाल बढाउने पुरानो तरिका हो । यसलाई भने खानु भन्दा पनि कपालमा लगाएर कपाल झर्नबाट रोक्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ