arrow

साना जलविद्युतकाे बेहाल, विद्युत केन्द्र भन्छ, ‘जिर्ण टर्वाइन बचाउन सिएफएल चिम बाल्नुस्’

logo
प्रेम रौले,
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
bajira-news-fnl.jpg.jpeg
बाजुरा । त्रिवेणी सहकारी संस्था लिमिटेडले संचालन गरेको बाजुरा साना जल विद्युत केन्द्रका जिर्ण विद्युत मेसिन (टर्वाइन) बचाउन विद्युत खपत कम गरी  सिएफिल चिम प्रयोग गर्न विद्युत केन्द्रले आग्रह गरेको छ । सेलाघाटस्थित पावर हाउसका युनिट १ र युनिट २ का दुवै टर्वाइनको उत्पादन क्षमता भन्दा विद्युत खपत वढी हुँदा  मेसिनमा खराबी आउन थालेपछि  बिहान बेलुकी विद्युत खपत न्यूनिकरण गराउन अपिल गर्न बाध्य भएको  केन्द्रका व्यस्थापक दयाराम पण्डितले बताए । 
 
२६ वर्ष पहिले बढीमा एक हजार परिवारलाई लक्षित गरी निर्माण भएको  विद्युत उपकरण तथा नहर जीर्ण भइसकेको पण्डितले बताएका छन् । हाल १५ सय भन्दा बढी प्रयोग कर्ताले विजुली बालिरहेका छन् । आवश्यकता र उपयोग कर्ताको सख्या बढेपछि टर्वाइनमा लोड परेकाले खराबी आउने जोखिम रहेको पण्डितले जानकारी दिए । 
 
व्यवस्थापक पण्डितले भने, ‘टर्वाइन जोगाउन सके दिनमा केही घण्टा विद्युत दिन सकिन्छ, मेसिन बिग्रेमा सदरमुकाम नै अन्धकार हुने भएकोले सबै ग्राहकले संयमता अपनाउनु पर्ने  त्रिवेणी सहकारी तथा साना जल विद्युत केन्द्रले उपयोगकर्तालाई आग्रह गरेको छ ।’ यस्तै, केन्द्रका सचिव धर्मराज पाध्यायले समेत विद्युत खपत कम गर्न अनुरोध गरेका छन् ।
 
बिहान बेलुकी अत्यधिक लोडका बेला हिटर, विद्युतीय चुलो आरामेसिन, ग्रील उद्योग, लगायतका विद्युतीय उपकरणको प्रयोग नगर्न उनले भनेका छन् । बढी लोडकै कारण गत पौष २४ गते युनिट २ को टर्वाइन जल्दा दिल्लीबाट सामान ल्याएर वाईन्डीङ्ग गरी काम चलाउ बत्ती दिइएको पाध्यायले बताए । सदरमुकाम मार्तडी बजारमै  भने अत्यधिक लोडकै कारण युनिट १ मा खराबी आए पछि  संस्थाकै र बाहिरबाट मिस्त्री बोलाएर हालै मेसिन मर्मत गरिएको संस्थाका अध्यक्ष भीम बहादुर रोकायाले बताए । 
 
उनले भने, ‘दुबै मेसिन विग्रेमा अनिश्चित समयका लागि  सदरमुकाम अन्धकार हुनसक्छ ।’ त्यसकारण सबैले सजगता अपाउन  आवश्यक छ । त्यस्तै, नहरको मुहान तथा पावरहाउस खोलाले बगाउनु र खोलामा पानीको स्रोत पनि आवस्यकता अनुसार नहुँदा थप समस्या आएको छ । २०० किलोवाट विद्युत उत्पादन क्षमता भएको विदुत पावर हाउसबाट विहान ५ बजे देखि १० बजे सम्म र वेलुका ५ देखि ९ बजे सम्म बढी विद्युत खपत हुने  उपकरणको प्रयोग नगरेमा र सबैले सिएफएल चिमको प्रयोग गरेमा लोडसेडिं घट्न सक्ने केन्द्रका कर्मचारी गणेशराज जोशीले बताए ।
 
जिल्लामा सञ्चालन हुदै आएका २ इलेक्ट्रोनिक रेडियो, १३ पत्रपत्रिका र २ बटा छापाखानाका मेसिन सोही विद्युतबाट सञ्चालन हँुदै आएका छन् । दैनिक कार्यालय सञ्चालनमा समेत विद्युत कम आपुर्तिका कारण कामकाज गर्न समस्या हुने गरेको स्थानीयको गुनासो छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ