arrow

सभामुखले हस्तक्षेप गर्ने होईनः सभापति देउवा

ओली नेतृत्वको सरकार आफ्नै बोझले ढल्ने दावी

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
ser-bahadur-deuwa.jpg.jpeg
काठमाण्डौ । नेपाली काग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले न्यायपरिषदले गरेको सिफारिस फिर्ता गरेर सभामुख ओनसरी घर्ति मगरले गल्ती गरेको बताएका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ सभामुखले हस्तक्षेप गर्ने होईन । सम्मानित पदले यस्तो काम गर्न हुँदैन । उहाँले फिर्ता पठाउने होईन, सुनवाई समिति बनाउने हो । फिर्ता गर्नु परे पनि सुनवाई समितिले गर्छ । न्यायधिस सिफारिस मलाई चित्त बुझोस नबुझोस त्यसको अर्थ छैन । गलत काम सभामुखले गर्न सुहाउँदैन । सभामुख सम्मानित र तटस्थ पद हो , सबैको साझा हो उसले अभिभावकको भूमिका निर्वाह गर्नु पर्छ ।’
 
साक्षात्कारमा सभापति देउवाले सभामुख असल मान्छे भए पनि उहाँलाई कसैले फसाएको जस्तो आफुलाई लागेको भन्दै यस विषयमा आफूले एमाओवादी अध्यक्ष प्रचण्डसँग कुरा गर्ने बताए । उनले केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै बोझले ढल्ने भन्दै काग्रेसले अहिले शसक्त प्रतिपक्षको भूमिका खेल्ने स्पष्ट पारे । देउवाले भने,‘ शसक्त प्रतिपक्ष नभए शासक तानाशाही हुन्छ । गलत विपक्षी भए प्रजातन्त्र कमजोर हुन्छ । दह्रो प्रतिपक्ष भए प्रजातन्त्र बलियो हुन्छ । त्यसैले हामी प्रतिपक्षमा बस्छौ । यो सरकारमा हामी जाँदैनौ ।’
 
आफ्नो उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्रलाई  बलियो बनाएर अब प्रजातन्त्रालाई कसैले पनि खोस्न नसक्ने अवस्थामा पुर्याउने  भएको भन्दै संविधानको कार्यान्वयन, सीमांकन मिलाउने र मुलुकमा लगानीको बातावरण बनाएर समृद्ध  र सम्पन्न नेपाल बनाउन लाग्ने बताए । उनले भने,‘ अहिले महंगी छ, कालाबजारी छ, आपूर्ती अस्तब्यस्त छ त्यसको विरुद्ध काग्रेसले संसद समेतमा आवाज उठाईरहन्छौ । मंहगी , कालवजारी रोक्ने सरकारलाई दवाव दिन्छौ । यो कुनै पनि हालतमा बन्द हुनुपर्छ ।’
 
मधेसी मोर्चाले उठाएको सीमांकनसहितका मुद्दाहरुलाई बार्ताबाटै समाधान गर्ने स्पष्ट पार्दै आवश्यक परे संविधान संसोधन समेत गर्न सकिने बताए । देउवाले भने,‘ हामीसँग एक्लै संविधान संसोधन गर्ने संख्या छैन । त्यसकोलागि दुई तिहाई चाहिन्छ । अन्यदलहरुसँग पनि छलफल गरेर सहमति कायम गर्न पहल गर्छु ।’उनले आफू सभापतिमा निर्वाचित नभई जिम्मेवारी पाएको भन्दै पार्टीलाई मिलाउने र एक बनाएर अघि बढाउने  जिम्मेवारी आफ्नो भएको बताए । देउवाले भने,‘ मेरो कार्यकालका कसैलाई काखापाखा गरिने छैन । सबैलाई समेटेर म अगाडि बढ्छु । रामचन्द्र पौडेलजी मेरो पुरानो सिनियार साथी हो । उहाँले धेरै दुख पाउनु भएको छ ।  उहाँसँग मिलेर काम गर्छु । उहाँलाई मिलाउने काम मेरो हो । उहाँसँग अनुभव छ । उहाँले लामो संघर्ष गर्नु भएको छ त्यसको मुल्याङकन हुन्छ । पार्टी पूर्ण एकताबद्ध भएर अघि बढ्छ । कुनै गुट र भागबण्डा हुँदैन । सबैको उचित मुल्याङक हुन्छ ।’ 
 
उनले साथी बदल्न सकेपनि छिमेकी बदल्न नसक्ने भएकोले छिमेकीहरुसँग राम्रो सम्बन्ध बनाउनुको विकल्प नभएको भन्दै भारतसँगको चिसो सम्बन्ध हटाएर चीनसँग पनि सम्बन्ध बढाउनु पर्ने बताए । देउवाले भारतसँग सम्बन्ध सुदृढ बनाउँदा नेपाललाई नै फाईदा हुने भन्दै भारतको जायज चासो र चिन्तालाई संबोधन गर्नु पर्ने धारणा राखे । भुकम्प पछिको पुर्न निर्माणको लागि आएको ६ खर्व रकम काम हुन नसक्दा फिर्ता जाने स्थिति उत्पन्न भएको भन्दै उनले भुकम्प पीडितको राहत र पुनःनिर्माणकोलागिड सरकारलाई दवाव दिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ