arrow

स्मार्टफोन व्यापारमा लगातारको कमी, ग्राहकले पत्याएनन् नयाँ फिचर्स

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन ४ शनिबार
smartphones.jpg

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले सन् २०१९ को शुरुवातमा आफ्नो व्यापारमा अघिल्लो वर्षको तुलनामा कमी आउने प्रक्षेपण गरेको थियो । कम्पनीले यसको कारण घट्दो क्रममा रहेको आईफोनको व्यापार र चीनमा देखिएको समस्या रहेको बताएको थियो । 

घट्दो व्यापारबाट प्रभावित हुने एप्पल एक्लो भने होइन । विश्शजका अन्य ठूला स्मार्टफोन कम्पनीहरु पनि आफ्नो व्यापारमा आएको कमीको कारण समस्यामा छन् । पछिल्लो केही वर्षमा स्मार्टफोनको व्यापार उल्लेख्य मात्रामा बढेको थियो । अब भने यसमा कमी आउन शुरु गरेको छ । यससँगै मानिसहरुमा चिन्ता बढ्न थालेको छ । 

अहिले विश्वभर ५जी सेवा आउने तयारी भइरहेको छ र यसको प्रतीक्षा पनि भइरहेको छ । यस्तोमा ५जी आएसँगै पुनः स्मार्टफोनको व्यापार बढ्ने अनुमान गरिएको छ । 

२०१८ मा घट्यो बिक्री

गत वर्ष स्मार्टफोनको बजारमा ठूलो गिरावट आएको छ । एक अनुमानअनुसार २०१८ मा स्मार्टफोनको व्यापार ४ दशमलव १ प्रतिशत घटेर १ अर्ब ४० करोडमा आइपुगेको छ । व्यापारको वृद्धिमा यो अहिलेसम्मकै सबैभन्दा खराब नतिजा हो । स्मार्टफोनको व्यापारमा लगातार कमी आइरहेको छ र सन् २०१८ को चौथो त्रैमासिक अवधिमा भने यो नतिजा करिब ३७ करोड ५० लाखमा पुगेको छ ।

नयाँ फिचर्स नआउनु मुख्य कारण

पछिल्लो वर्षमा विश्वभर उल्लेख्यमात्रामा स्मार्टफोनको व्यापार भएको थियो । जसको कारण अहिले स्मार्टफोनको व्यापारमा कमी आएको हो । स्मार्टफोनहरुमा मानिसहरुलाई मनपर्ने नयाँ फिचर्स नआउनु पनि स्मार्टफोनको व्यापारमा कमी आउनुको प्रमुख कारण हो । कामलाग्ने किसिमको नयाँ फिचर्स नआएको कारण मानिसहरु पुरानो स्मार्टफोन फेर्न प्रयोगकर्ता डराइरहेका हुन् । 

ग्राहकहरु नयाँ फोनमा कुनै नयाँ फिचर्स नल्याएको बताउँछन् । उनीहरु नयाँ स्मार्टफोन लिनु पैसाको बर्बादी मात्र रहेको बताउँछन् । लामो समयपछि मात्र स्मार्टफोन फोन बदल्ने गरेको कारण स्मार्टफोनको व्यापार घटेको हो ।

चीनमा घट्यो स्मार्टफोनको व्यापार 

विश्वभरको स्मार्टफोनको व्यापारमा चीनको ३० प्रतिशतको हिस्सा छ । सन् २०१८ मा चीनको व्यापारमा १० प्रतिशतको कमी आएको छ । चिनियाँ स्मार्टफोन कम्पनीहरु ग्राहकहरुलाई नयाँ फिचर्स ल्याइरहेका छन् । यद्यपि प्रयोगकर्ताहरु नयाँ फिचर्समा पैसा खर्च गर्न डराइरहेका छन् ।

यद्यपि यस किसिमको कठिनाइको बीचमा प्रमुख चार स्मार्टफोन कम्पनी हुवावेई, ओप्पो, भिभो र साओमीको व्यापारमा उल्लेख्य वृद्धि भएको छ । २०१८ मा चीनको बजारमा यी कम्पनीको हिस्सा ७८ प्रतिशत पुगेको छ । जुन, सन् २०१७ मा ६६ प्रतिशत थियो । विश्व स्मार्टफोनको व्यापारमा भारतको हिस्सा १० प्रतिशत पुगेको छ । ५ वर्षपहिला भारतको हिस्सा केवल ६ प्रतिशत थियो । 

भारतका साथै इन्डोनेसिया, कोरिया र भियतनाममाको स्मार्टफोन व्यापारमा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ ।

५जीको प्रतीक्षा 

विश्वभरका प्रयोगकर्ताहरु स्मार्टफोन निर्माताको ५जी नेटवर्कको प्रतीक्षा गरिरहेका छन् । यस वर्ष कम्पनीहरु आफ्नो फोल्डेबल स्क्रिन, ३डी क्यामेरा र ५जी नेटवर्क सपोर्ट गर्ने स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा छन् । ५जी नेटवर्क आएपछि स्मार्टफोनको बजारमा नयाँ युगको शुरुवात हुने अनुमान छ । 

१ गुणा छिटो इन्टरनेट आउने भएसँगै प्रयोगकर्ताले फरक किसिमको इन्टरनेटको अनुभव गर्नेछन् । यसले स्मार्टफोनको व्यापार पुनः बढ्न सहयोग गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ