arrow

महिला केन्द्रीय सदस्यमा को को छन अगाडी?

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
Counting_hamrakura-5.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचन अन्तर्गत खुला र समावेशीतर्फको केन्द्रीय सदस्यको मत गणना जारी छ। महिलाको २ सय मतगणना भएको छ। प्राप्त मतगणना अनुसार पुरानै अनुहार यो पटक पनि हावी हुने देखिएको छ। 
 
२सय मत गन्दा कमला पन्त ८२, अम्विका बस्नेत ६७, इश्वरी न्यौपाने ६२, डा. डिला संग्रौला ७७, रिता खनाल ६१, प्रमिला र्राई ६१, रुक्मिणी कोइराला ६१ र सरिता प्रसाई ६४ रहेको छ। महिलाको ६ सीटमा ३८ जना उमेद्वार रहेका छन्। जनजातीतर्फका केन्द्रीय सदस्यको मतगणना पनि भइरहेको छ। 
 
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मत गणनामा विहिबार साँझ सम्म खुला तर्फ ४ सय मत गणना भएको छ। यस्तै, शुक्रबार (आज)बाट दलित, मधेसी, जनजाती, महिलातर्फको भिन्दा भिन्दै ५ स्थानमा मतगणना सुरु भएको छ।
 
कांग्रेस निर्वाचन समिति सचिव प्रदीप पराजुलीका अनुसार भोटिङ मेसिन प्रयोगमा नआएपनि प्रोजेक्टरमा देखाउँदा गणना गर्न कठिनाई र ढिलाई भइरहेको छ । खुला तर्फ २५ सिटका लागि ९० जनाको मत गणना गर्नु  पर्ने र प्रत्येक उम्मेद्वारका प्रतिनिधीलाई देखाएर मत रुजु गर्नु पर्ने भएकाले ढिलाई भएको पराजुलीको भनाई छ ।    
महिला, मधेशी, आदिवासी जनजाति र दलिततर्फका २१ वटा आरक्षित सीटका केन्द्रीय सदस्यको मतगणना केहीबेर अघि सुरु भएको छ । आरक्षणतर्फ सकेसम्म बेलुकासम्म नतिजा सार्वजनिक गरिने बताइएको छ । महिलाको ६ सीटमा ३८, आदिवासी जनजातिको ३ सीटमा ४०, आदिवासी जनजाति महिलाकोतर्फ २ सीटमा १२, दलिततर्फ ३ सीटमा २०, दलित महिलाको २ सीटमा ५, मधेशीतर्फ ३ सीटमा १५ र मधेशी महिलाको २ सीटमा ९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।
 
केन्द्रीय निर्वाचन समितिले २१ आरक्षित सीटको मतगणना सकेपछि मात्र प्रदेशतर्फका केन्द्रीय सदस्यको मतगणना गरिने बताइएको छ ।  सात प्रदेशको १४ जनाका लागि ६७ जना प्रतिस्पर्धामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ