arrow

पाँचथर जिल्लाको बजेट सवा २ अर्व

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। पाँचथर जिल्लामा आगामी आर्थिक वर्ष ०७३/०७४ को लागि सभा २ अर्व रुपैयाको बजेट सार्वजनिक गर्दै २४ औं जिल्ला परिषद बाट नीति तथा कार्यक्रम पारित गरिएको छ ।जिल्ला विकास समिति पाँचथरको सभाहलमा बिहिबार  एक कार्यक्रमको आयोजना गरि आगामी आर्थिक बर्षका लागी २ अर्व १७  करोड ३९ लाख ४ हजार रुपैयाको बजेट सार्वजनिक गरिएको हो ।
 
सार्बजनिकरण कार्यक्रममा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले कृषि, पर्यटन, यातायात, खानेपानी वन तथा वातावरण जस्ता योजनालाई प्राथमिकता दिएको जानकारी दिए। धमलाका अनुसार पुजीगत तर्फ १ अर्व ३४ करोड ८५ लाख ९ हजार रुपैया चालु तर्फ ८३ करोड ३०लाख ४५ हजार रुपैयाको वजेट प्रस्ताब गरिएको छ ।यसैगरी जिल्ला विकाश समितीको चालु तर्फ २४ करोड १३ लाख ४६ हजार रुपैया, तथा पूजीगत तर्फ ४३ करोड ६४ लाख ३६ हजार रुपैया रकम विनियोजन गरिएको छ । यस्तै भौतिक पूर्वाधार विकाश तर्फ चालु र पूजीगत तर्फ गरी ७७ करोड ७८ लाख ८७ हजार रुपैया,सामाजिक विकाश तर्फ चालु र पूजीगत तर्फ गरी ५० लाख ७७ हजार ७ सय २० रुपैया रकम विनियोजन गरिएको छ ।यस्तै वन तथा वातावरण विकाश समिती तर्फ चालु र पूजीगत गरी ७५ करोड ८९ लाख ४ हजार रुपैया रकम विनियोजन गरिएको हो । यसैगरी आर्थिक विकाश समिती तर्फ चालु र पुजीगत गरी १३ करोड ४६ लाख २० हजार रुपैया रकम विनियोजन गरिएको कार्यक्रममा जानकारी दिइयो ।
 
जिल्लालाई कृषि क्षेत्रबाट परिचित गराउनका लागी चिया,कफी, अदुवा अलैची र अम्लिसो समेत प्राथमिकतामा राखिएको छ । यसैगरी पशुपालन ब्यबसाय साथै साक्षर जिल्ला घोषणा गर्नका लागी सम्बन्धीत कार्यालय संग सहकार्य गर्ने प्रस्ताब गरिएको स्थानीय बिकास अधिकारी धमलाले बताए ।सार्बजनीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी स्थानिय विकाश राज्यमन्त्री कुन्ती शाहीले प्रस्ताबीत कार्यक्रमहरु कार्यान्वयन गर्नका लागी सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।उद्धघाटन कार्यक्रममा सरकारी गैरसकारी कार्यालय,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी र संघ सस्थाका प्रमुख तथा प्रतिनीधीहरुले प्रस्ताबित कार्यक्रमलाई प्रभाबकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ