arrow

म्यान्चेस्टर युनाइटेडको पोष्टमा लिभरपुलको दुई गोल, म्यानयु दबाबमा

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
Liverpool-v-Manchester-United-Europa-League-(1).jpg.jpeg
एजेन्सी । युरोपा लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई २–० ले हराएको छ । युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतिष्ठीत प्रतियोगिता युरोपा लिगको प्रि–क्वाटरफाइनल पहिलो लेगको खेलमा लिभरपुल २–० ले विजयी भएको हो । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा म्यानयु निरिह बन्यो । म्यानयुले यो सिजन कुनै पनि प्रतियोगितामा सुखद प्रदर्शन गर्न सकेको छैन । 
 
लिभरपुललाई विजयी गराउन ड्यानिएल स्टुरिज र रोबेर्टो फर्मिनोले एक–एक गोल गरे । ड्यानिएलले पहिलो हाफ अघि २०औं मिनेटमा र फर्मिनोले दोस्रो हाफपछि ७३औं मिनेटमा गोल गरे । जितसँगै लिभरपुलले क्वाटरफाइनल पुग्ने सम्भावना निबै बलियो बनाएको छ । दोस्रो लेख लेल्न बाँकी छँदा म्यानयु बबाबमा आएको छ । 
 
युरोपा लिगअन्तर्गत विहिबार राति भएका अन्य खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डले इङ्गलिश क्लब टोटनह्याम हट्सपरलाई ३–० ले पराजित गरेको छ । स्पेनिश क्लब एथ्लेटिक बिल्वाओले भ्यालेन्सियालाई १–० ले हराउँदा स्पेनिश क्लब भिल्लारियलले जर्मन क्लब बायर लिभरकुजेनलाई २–० ले पराजित हरायो । यस्तै स्वीस फुटबल क्ल बसेल र स्पेनिश क्लब सेभियाले गोल रहित बराबरी खेलेका छन् । 
Liverpool's Philippe Coutinho has a shot saved by Manchester United's David De Gea
 
Liverpool's Philippe Coutinho in action with Manchester United's Gullermo Varela



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ