arrow

सरकारी र निजी विद्यालयको पाठ्यक्रम एउटै हुनुपर्छ : सांसद शाह

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ फागुन ५ आइतबार
abhishek-pratap.jpg

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य अभिषेक प्रताप शाहले विद्यालयको पाठ्यक्रम फरक फरक भएकोले शिक्षा क्षेत्र  पछाडी परेको बताएका छन् ।  सांसद शाहले भने देश एउटै, भाषा एउटै तर देश भित्रका शैक्षिक संस्थाको पाठयक्रम फरक भएकोले शिक्षामा गुणस्तर बढ्न नसेको बताए ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं २ हल्लानगरमा रहेको बाल शिक्षा आधारभुत माध्यमिक विद्यालयमा भवनको शिलन्यास गर्दै उनले यस्तो बताएका हुन्  । सांसद शाहले सांसदिय कोषको रकमबाट ३५ लाख सो विद्यालयको भवन निर्माण गर्नका लागि बजेट विनियोजीत गरेका छन् ।

सांसद शाहले  निजी र सरकारी विद्यालयको पठयक्रम नै फरक भएकोले निजी विद्यालय भन्दा सरकारी विद्यालयको शिक्षण सिकाई कमजोर भएको बताए। सरकारी विद्यालयका केही शिक्षकहरुले ठग्ने प्रवृती हाबी भएकोले शिक्षा कमजोर हुदै गएको शाहले बताए । पाठयक्रम परिवर्तन नहुँदा निजी विद्यालयका विद्यार्थी शिक्षामा आगडी तर सरकारी विद्यालयका विद्यार्थी कमजोर भएको बताए।
   
शिक्षा क्षेत्रमा गुणस्तर ल्याउन र शिक्षण पेशालाई प्रविधि मैत्री बनाउन आफुले आउने बर्ष ल्यपटप हस्तान्त्रणको लागि प्रक्रिया अघी बढाएको बताए  ।  

कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष राम बहादुर थारुले विद्यालयमा शिक्षकहरु र घरमा अभिभावकहरुले विद्यार्थीलाई असल संस्कार सिकाउनु पर्नेमा जोड दिए । भवन शिलन्यास कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कपिलवस्तुका सचिव प्रेम बहादुर रायमाझीले देश निर्माण  गर्नका लागि शिक्षा व्यवस्थित गर्नुपर्नेमा जोड दिए । शिक्षालाई अग्र स्थानमा राखेर सबैले हातेमालो गरी आगाडी बढनुको विकल्प नरहेको उनको  भनाई रहेको थियो  ।

त्यस्तै  युवा समाजसेवी अजय थापाले बोडिगं स्कुलले शिक्षा क्षेत्रमा गरेको नविनतम कार्यलाई सिको गर्दै सरकारी स्कुल सुधार्ने समय आएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ