काठमाडौं । गायक पशुपति शर्माले आफ्नो नयाँ गीत ‘लुट्न सके लुट कान्छा’ विवादमा परेपछि माफी माग्दै युट्युवबाट हटाएका छन् ।
‘लुट्न सके लुट कान्छा’ बोलको गीतमा प्रयोग भएका कतिपय शब्दहरुलाई लिएर चर्को आलोचना भएपछि पशुपति पछाडि हटेका हुन् । गीतमा प्रयोग भएका ‘यमराजको शासन’ लगायतका शब्द विवादमा परेका थिए ।
‘मैले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन् । र, कुनै राजनीतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन’, उनले भनेका छन् – ‘कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अप्ठ्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु ।’
युट्युवबाट शनिबार साँझ गीत हटाउँदै पशुपतिले विवादित शब्दहरु परिमार्जन गरी पुनः युट्युवमा हाल्ने बताएका छन् ।