arrow

चलचित्र तुलसीको ट्रेलर सार्वजनिक

logo
प्रकाशित २०७५ फागुन ५ आइतबार
Tulsi-Trailer-16-9ratio.jpg

काठमाडौं। ऋचा घिमिरेको प्रस्तुतिमा, शंकर घिमिरेको निर्माण तथा निर्देशन रहेको चलचित्र 'तुलसी'को ट्रेलर सार्वजनिक भएको छ। बोढी एचडि तथा ८८४८ मेडियाद्वारा डिस्ट्रिब्यूसन हुने र डिजिटल माध्यमबाट विश्वव्यापि डिजिटल प्रदर्शन गर्न लागिएको चलचित्र "तुलसी" चाँडै नै सार्वजनिक हुने जानकारी कलाकार तथा प्रस्तुतिकर्ता ऋचा घिमिरेले बताईन्। छुवाछुत तथा जातिय विभेद जस्तो गहन विषयवस्तुमा केन्द्रित चलचित्र "तुलसी"ले चेतनाका साथै मनोरञ्जन दिन्छ।

ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जयकिसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की आदि मुख्य भुमिकामा छन् भने विशेष भुमिकाहरुमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाडकर रहेका छन्।

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली. को ब्यानरमा तयार "तुलसी" वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरको अनुभवले सजिएको छ। यस अघि सार्वजनिक "आजको रमाइलो बेला" बोलको गीतलाई दर्शकले रुचाएका छन् जसमा एकसाथ सबै सुपरस्टारहरु राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठ, तृप्ति नाडकर, भुवन केसी, मौसमी मल्लको नृत्य रहको छ। चलचित्रमा जम्मा पाँचवटा गीतहरु रहेका छन् जसमा आशा भोषले, साधना सरगम, शान तथा सुपरहीट लोकप्रिय गायक स्व. कुमार कान्छाले स्वर दिनुभएको छ।

पाँचवटै गीत मुम्बईमा रेकर्ड गरिएका हुन जसमा गीतकार सुरेश अधिकारीको शब्द रहेको छ। चलचित्र 'तुलसी'को एउटा गीतमा भने बसन्त सापकोटाले सङ्गीत भरेका छन् त्यसमा शिव परियारको स्वर रहेको छ। 'तुलसी'लाई शिवम् अधिकारीले लेखेका हुन् जसको सम्पालन शिव पुरीले गरेका हुन् भने यसमा छायाँकन दीपक वज्राचार्यको रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ