arrow

‘हिन्दी मिडियम' को सिक्वेल नबन्ने, एक बर्षसम्म आराम गर्दै इरफान

logo
प्रकाशित २०७५ फागुन ५ आइतबार
Irfan-Khan.jpg

काठमाडौं । क्यान्सरको उपचारपछि लण्डनबाट भारतीय कलाकार इरफान खान स्वदेश फर्किसकेका छन् । यसका साथै उनको हिन्दी मिडियम २’ को सुटिङ अब छिटै नै शुरु गर्ने बताइए पनि एक बर्षसम्म इरफान आराम गर्ने भएका छन् ।

इरफानका एक नजीकका साथीले इरफानले कुनै चलचित्र नखेल्ने बताएका छन् । उनले भने, 'इरफान पूर्ण रुपले ठिक भएका छैनन् । डाक्टरले उनलाई भरपूर आराम गर्न सल्लाह दिएका छन् । उनको शरीरमा बिस्तारै सुधार हुदैछ । उनि पूर्णरुपले ठिक हुन कमतिमा एक बर्ष लाग्नेछ । आगामी बर्षसम्म उनिले कुनै चलचित्रको सुटिङ गर्ने छैनन् ।'
 
हालै हिन्दी मिडियम २ मा राधिका मदानको डेब्युको विषयमा समाचार आएको थियो । समाचारमा बताइएअनुसार यो फिल्ममा उनले इरफानकी छोरीको भूमिका निभाउनेछिन् । तर यो समाचारसँगै एक बर्षपछि के हुने हो हेर्न बाकी रहनेछ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ