arrow

'लुट्नसके लुट् कान्छा..' लाई लिएर प्रतिष्ठान विरुद्ध टिप्पणी नगर्न पशुपति शर्माको आग्रह

logo
प्रकाशित २०७५ फागुन ५ आइतबार
Pashupati-Sharma.jpg

काठमाडौं । लोक गायक पशुपति शर्माले आफूले विविध कारणले युटुबबाट हटाएको लुट्न सके लुट् कान्छा बोलको गीतको विषयलाई लिएर आफू उपाध्यक्ष रहेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालप्रति कुनैपनि नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् । सो गीत हटाएको भोलिपल्ट आफ्नो फेसबुक पेजमा उनले यस्तो आग्रह गरेका हुन् । 

सरकारको विरुद्ध भएको आरोप लगाउँदै सत्तारुढ दल नेकपाका भातृसंस्थाहरुको दबाबमा युटुबबाट गीत हटाएका उनले त्यसको भोलिपल्ट यस्तो आग्रह गरेका हुन् । उनले फेसबुक मार्फत् सो गीत आफ्नो व्यक्तिगत सिर्जना रहेको र आफूले भ्रष्टाचार विरुद्ध यस्तो गीत तयार पारेको भन्दै कुनैपनि राजनीतिक दल र राजनीतिक विचारसँग आफू सम्बद्ध नभएको समेत स्पष्ट पारेका छन् । 

उनले फेसबुकमा लेखेका छन् ‘मैले हिजो मात्र बिबिध कारणले मेरो आधिकारिक युटुब च्यानलबाट हटाएको गीत कुनै पार्टिको समर्थन र कुनै पार्टिको बिरोधको रुपमा सिर्जना नगरेको प्रष्ट पार्न चाहान्छु,त्यो बिशुद्द भ्रष्टाचार र धेरै बर्ष देखी बिधमान बिसंगती र विकृति बिरुद्द मात्र थियो र छ पनी भन्न चाहान्छु र यसै बिषयमा म अनी म प्रथम उपाध्यक्ष रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल प्रती लक्षित गरी केहि प्रचार प्रसार नगरीदिनु हुन पनी बिनम्र अनुरोध गर्दछु । यहाँहरुकै आशीर्वाद र मायाले मात्र म कलाकारको रुपमा स्थापित भएकाले यहाहरुले मलाई दर्शाउनु भएको माया र सद्भाव प्रती धेरै धेरै आभारी छु ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ