arrow

छुट्टिएकै हुन् त मलाइका र अर्जुन कपूर ?

logo
प्रकाशित २०७५ फागुन ५ आइतबार
malaika-arjun.jpg

काठमाडौं । अर्जुन कपूर र मलाइका अरोडाको अफेयरको खबर अक्सर सञ्चारमाध्यममा आइरहन्छन् । दुवैले एकअर्कालाई सहयोग गर्दै आएका छन् । यद्यपि उनीहरुको बीचमा अहिले भने सबै कुरा ठीक नभएको समाचार सार्वजनिक भएको छ ।

भर्खरै अर्जुन कपूरले पनि आफू सिंगल भएको घोषणा गरेका छन्, त्यो पनि भ्यालेन्टाइन डेको दिन । लामो समयदेखि अर्जुन कपूर र मलाइका अरोडाको सम्बन्धबारे समाचार सार्वजनिक भइरहेका थिए । उनीहरुले एकअर्कालाई सहयोग पनि गर्दै आएका थिए । केही समयअघि मलाइकाले अर्जुन कपुरको तस्वीरमा कमेन्ट पनि गरेकी थिइन् । भ्यालेन्टाइन डेको दिनमा भने अर्जुन कपुरले आफू सिंगल रहेको घोषणा गरेका थिए ।
 
अर्जुनले ट्वीट गर्दै विक्रम, नन्दिता, रणवीर सिंह र प्रियंकाले आफ्नो पार्टनर खोजिसकेको र अलि अब्बास र आफू भने अझै पार्टनरको खोजीमा रहेको बताएका छन् ।  अर्जुन कपूर सधैं प्रोटेक्टिभ ब्याइफ्रेन्डको रुपमा देखिने गरेका छन् । यद्यपि दुवैको रिलेशनशिपको कारण सलमान खानसँग अर्जुन कपूरको सम्बन्ध खराब बन्न पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ