arrow

समावेशी दलिततर्फ जीवन परियार अघि, महिलातर्फ लक्ष्मी परियारको अग्रता कायमै

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
congres-mat-ganana.jpg.jpeg
काठमाडौं  । कांग्रेस केन्द्रीय सदस्य आरक्षण तर्फका जारी मत गणनामा दलिततर्फ पछिल्लाो समय जीवन परियारले अग्रता लिएका छन् । दलित आरक्षणको महिलामा लक्ष्मी परियार अघि छन् । यसअघि अग्रता लिएका मानबहादुर विश्वकर्मा दुई स्थान पछि परेका छन् । 
 
पुरुषतर्फको तीन सिटका लागि भएको मतदानमा ४ सय मत गणना हुँदा जीवन परियार १९७, मिनबहादुर विश्वकर्मा १७७, मानबहादुर विश्वकर्मा १७३, मानबहादुर नेपाली १०९, प्रकाश स्नेही १०७ र शम्भु हजारा दुषादले ८७ मत पाएका छन् । 
 
दलित महिलातर्फ २ सिटका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा लक्ष्मी परियारले अग्रता लिएकी छन् । पछिल्लो परिणाममा लक्ष्मी परियार १९७, सुजाता परियार १८७, बिमला नेपाली १४०, कविताकुमारी सदरार १३३ र रुपा विक ६८ मतमा छन् । यस्तै, महिला , मधेशी र आदिवासी जनजाती गरी छुट्टा–छुट्टै पाँच स्थानमा मत गणना भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ