arrow

विशगनसँग रजनीकान्तकी छोरीको दोस्रो विवाह

logo
प्रकाशित २०७५ फागुन ५ आइतबार
rajnikant.jpg

काठमाडौं । भारतीय सुपरस्टार रजनीकान्तकी छोरी सौन्दर्या रजनीकान्तले विवाह गरेकी छिन् । ११ फेबुअरीमा उनले धुमधामसँग विवाह गरेकी हुन् । विशगन वनांगामुडीसँग विवाह गरेपछि सौन्दर्याले सामाजिक सञ्जालमा तस्वीर पनि शेयर गरेकी छिन् । यी तस्वीरमा उनीहरु दुवै सँगै देखिएका छन् । सामाजिक सञ्जालमा उनीहरुको तस्वीर भाइरल भइरहेको छ ।

सौन्दर्याको यो दोस्रो विवाह हो । उनीहरु अहिले मुलुकभन्दा बाहिर हनिमुनको क्रममा छन् । सौन्दर्याले सामाजिक सञ्जाल ट्वीटरमा केही तस्वीर शेयर गरेकी छिन् ।

सौन्दर्याले यसअघि व्यवसायी अश्विनीकुमारसँग विवाह गरेकी थिइन् । उनीहरुको एक छोरा पनि छन् । उनको नाम वेद हो । विवाहको क्रममा उनका छोरा पनि सँगै देखिएका थिए । ३५ वर्षीय विशगनको पनि यो दोस्रो विवाह हो । विशगनका दाजु एसएस पोनमुडी तमिलनाडुका राजनीतिक पार्टी डीएमकेका ठूला नेता हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ