arrow

फोल्डेबल आईफोन ल्याउँदै एप्पल

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन ५ आइतबार
apple.png

काठमाडौं । स्मार्टफोन उद्योगको लागि सन् २०१९ विशेष रहने भएको छ । एकातिर केही कम्पनीहरु ५जी नेटवर्क ल्याउने तयारी गरिरहेका छन् भने केही कम्पनीहरु फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने तरखरमा छन् । अहिलेसम्म फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेका कम्पनीहरुमा सामसुङ, साओमी, एलजी, लेनोभो र मोटोरोला रहेका छन् । 

फोल्डेबल स्मार्टफोनबारे अन्य कम्पनीहरुले यसअघि नै तयारी शुरु गरिसकेको अवस्थामा एप्पल पनि यसमा जोडिएको छ । एप्पलले आफ्नो फोल्डेबल स्मार्टफोनको पेटेन्ट गराएको छ । कम्पनीले सन् २०११ मा यो पेटेन्ट दर्ता गराएपछि सन् २०१६ मा यसलाई अपडेट गरेको थियो । 

युनाइटेड्स स्टेट्स पेटेन्ट र ट्रेडमार्क अफिसमा यो पेटेन्ट १४ फेब्रुअरीमा सार्वजनिक गरिएको हो । अहिले सार्वजनिक गरिएको पेटेन्टमा एप्पलको फोल्डेबल फोनको बारेमा केही स्केचहरु देखाइएको छ । यसले पनि फोल्डेबल आईफोनको विषयमा केही जानकारी दिनेछ । 

प्रतिवेदनमा उल्लेख गरिएअनुसार एप्पलले आफ्नो आगामी आईफोनको नाम ‘र्‍यापएराउण्ड आईफोन’ राख्नसक्ने बताइएको छ । पेटेन्टमा उल्लेखख गरिएको स्केच अनुसार यो फोनमा आईफोन एक्समा जस्तै एज–टू–एज डिस्प्ले पनि दिइनसक्ने बताइएको छ । 

फोनमा होम बटम पनि हुनेछैन । यसका साथै एप्पलको फोनमा हेडफोन ज्याक पनि दिनेछैन । यो फोल्डेबल स्मार्टफोनमा रेयर कटन्सको सट्टामा भर्चुअल बटन्स हुनसक्ने बताइएको छ । 

फोनलाई अगाडि र पछाडि दुवैतर्फबाट पट्याउन सकिने अहिले दर्ता गराइएको पेटेन्टमा देखिएको छ । यदि आईफोनमा यो प्रयोग सफल भएको खण्डमा कम्पनीले आफ्नो म्याकबुक र आईप्याडमा पनि यसको प्रयोग गर्नसक्ने बताइएको छ । 

यो फोल्डेबल आईफोन आगामी वर्ष सार्वजनिक हुनसक्ने बताइएको छ । तर, यस विषयमा  कम्पनीले भने कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ