arrow

कलाकारको चेतावनी, सत्यको वकालत गर्नेलाई देश निकाला गर्न सक्लान केपीले?

पशुपति शर्माको पक्षमा कर्णालीको कलाकारले गाएरै जनाए ऐक्यवद्धता

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
artist-kalikot-pashupati.jpg

कालिकोट। पशुपति शर्मालाई गीत गाएकै आधारमा धम्की दिने कार्यको देशभरबाट विरोध भइरहेको छ। देश विदेशमा रहेका नेपालीहरुले उनीप्रति ऐक्यवद्धता जनाउँदै वर्तमान केपी ओली नेतृत्वको सरकारको विरोध गरेका छन्। 

देशका दुर दराजदेखि विदेशमा रहेका नेपालीहरुले सरकारको अतिवादको विरोध जनाएका छन्। सर्जकलाई आफ्नो सिर्जना भयरहित वातावरणमा प्रस्तुतगर्न नदिएको भन्दै स्रस्टाहरु र स्वतन्त्रताप्रेमीहरु सडकमा उत्रिएका छन्।

कोहि पशुपति शर्माकै गीतलाई गाएर वजाएर नाचगान गर्दै सरकारको विरोधमा उत्रिएका छन्। कोहि नयाँ नयाँ सिर्जना मार्फत पशुपति शर्माको समर्थनमा ऐक्यवद्धता जनाउँदै सरकारको र भ्रष्टाचारीको विरोधमा उत्रिएका छन्। 

कर्णालीका कलाकार र सञ्चारकर्मीहरु पनि सरकारको विरोधमा उत्रिएका छन्। उनिहरुले सरकारको रवैयाप्रति आक्रोश पोखेका छन्।

लुट्न सके लुट गीतको पक्षमा उभिएका उनीहरुले सत्यको पक्षमा बोल्नेहरुलाई सक्छौ भने देश निकाला गर भन्दै सरकारलाई चेतावनी दिएका छन्।

कालिकोटका कलाकार र सञ्चारकर्मीहरुले पशुपति शर्माप्रति ऐक्यवद्धता जनाउँदै गीत गाएको सञ्चारकर्मी पुष्पराज भट्टराईले बताए। 

उनीहरुले सत्य बोल्छौ छाती खोल्छौ देश निकाला गर भन्दै गीत मार्फत सरकार विरुद्ध कडा प्रतिक्रिया जनाएका छन्। सरकारप्रति भर नभएको पनि उनीहरुले गीत मार्फत अभिव्यक्त गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ