arrow

प्रचण्डले विशेष पहलकदमी नलिए गम्भिर मुल्य चुकाउनु पर्ने लडाकुको चेतावनी

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
ladaku.jpg.jpeg
काठमाडौ । बहिर्गमित लडाकुहरुको संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल माग पुरा नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संगठनले आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनका कार्यक्रमहरुमा चैत्र १ गते ६ गतेसम्म राजनीतिक दल र सरकारलाई स्मरण पत्र बुझाउने, चैत्र ६ गतेदेखि २५ गतेसम्म डिभिजन स्तरीय भेटघाट र सुझाव संकलन, २५ देखि ३० गतेसम्म डिभिजन स्तरीय प्रतिनिधि मण्डल प्रशिक्षण गराउने र त्यती गर्दा पनि आफ्नो मागमा सुनवाई नभए बैशाख ३ गतेदेखि नेपाल बन्द र चक्का जाम गर्ने रहेका छन । 
 
सो संगठनले आफूहरुमाथि लगाईएको अयोग्यको विल्ला खारेज हुनु पर्ने, एकमुष्ट प्याकेज राहत दिने गरी भएको सहमति कार्यान्वयन हुनु पर्ने, घाईते सेनाको निशुल्क उपचार हुनु पर्ने, पुर्नस्थापित नहुदा आत्महत्या गरेकाको परिवारलाई राहत उपलब्ध गराउनु पर्ने र आफूहरुसँग बार्ता गर्न बार्ता टोली गठन गर्नु पर्ने माग अघि सारेको छ । पत्रकार सम्मेलनमा हालै सम्पन्न तेस्रो राष्ट्रिय भेलाबाट नवराज सन्झ्याल ईन्चार्ज र तेजबहादुर बुढा अध्यक्ष रहेको ५१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन गरेको जानकारी दिईएको थियो । 
 
पत्रकार सम्मेलनमा ईन्चार्ज नवराज सन्झ्यालले आफूहरुले अगाडि सारेको माग पुरा नभए शसस्त्र रुपमा अघि बढ्ने चेतावनी दिदै आफूहरुसँग राज्यले निर्णायक बार्ता गर्नु पर्ने माग गरे । सल्लाहकार समिति संयोजक लालचन्द्र विकले पहिला आफूहरुले राज्यकोलागि लडेको भन्दै अब आफ्नो अधिकारकोलागि लड्नु पर्ने बेला आएको बताए । उनले सरकारकै एक घटक रहेको नाताले आफूहरुमाथि भएको अन्यायको विषयमा एमाओवादी अध्यक्ष प्रचण्डले नै विशेष पहलकदमी लिनु पर्ने भन्दै सबै राजनीतिक दलहरु सचेत भएर उपयूक्त निर्णय नलिए त्यसको गंभिर मुल्य चुकाउनु पर्ने चेतावनी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ