arrow

‘हुलाकी सडकमा ठेकेदारले लुट्न सकेको लुटे’ 

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
gauri_shankar.jpg

काठमाडौं । देशमा लुट्न सके लुट् कान्छा... बोलको गीतले चर्चा पाईरहेको बेलामा यसै प्रसंगलाई जोडेर सांसदहरुले संसदमा आफ्नो गुनासो राखेका छन् । यो गीत प्रतिबन्धको विरोधमा गीतका गायकलाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका काँग्रेस सांसद पछि बोल्ने अर्का सांसद उमाशंकर अर्घरीयाले लुट्न सके लुट् कान्छा... बोलको गीतले चर्चा पाईरहेको बेलामा हुलाकी सडक खण्डका ठेकेदारहरुले पनि लुट्न सकेको लुटेको आरोप लगाएका छन् ।
 
धनुषा जिल्लामा बनिरहेको हुलाकी राजमार्ग निर्माणको जिम्मा पाएको ठेकेदारले बाढीको नाममा सरकारी ढुकुटीको पैसामा लुटतन्त्र मच्चाईरहेको आरोप लगाए । त्यहाँ सरकारी पैसा पाएर पनि गुणस्तरीय काम नभईरहेको आरोप समेत उनले लगाए । धुलोले गर्दा त्यहाँको स्थानीयको स्वास्थ्यमा समस्या आईरहेको र त्यहाँ पानी छर्ने काम समेत नगरेको आरोप उनले लगाए । 

संसदमा उनले भने ‘लुट्न सके लुट् कान्छा, अरु देशमा पाईँदैन नेपालमै हो छुट भनेजस्तै हुलाकी राजमार्गमा ठेकेदारले समेत लुट्नुसम्म लुटेका छन् । तर सरकार यसबारे किन मौन छ ?’ उनले सो ठेकदारलाई चाहिएको भन्दा बढी काम नगरी रकम नदिन समेत आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ