arrow

मालपोतको मनपरी : सांसदकै घरजग्गाको लालपूर्जामा अर्कैको नाम भएपछि...

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
Uma_regmi.jpg

काठमाडौं । मालपोतको मनपरीबारे सबै सधैं समस्यामा परिरहेका हुन्छन् । मालपोतमा भ्रष्टाचारको विषय त सर्वविदितै छ पहिलेदेखि नै । तर, मालपोतका अधिकारीहरुको मनपरीका कारण मानिस सुकुम्बासी बनेको समाचार समेत आउने गरेको छ । 

सोमबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद उमा रेग्मीले जिल्लाका सबै मालपोत कार्यालयहरु अस्तव्यस्त बनेको र त्यसको असर एउटा व्यक्तिको घरजग्गा अर्काे व्यक्तिको नाममा समेत हुने गरेको गुनासो सुनाईन् । उनले काठमाडौंमा बसेर अनलाईनाट हेर्दा एउटा व्यक्तिको नाममा रहेको घरजग्गा अर्कै व्यक्तिको नाममा देखिएको गुनासो समेत उनको छ । 

‘म आफू बसिरहेको घरजग्गा अर्कै कुन्नी के कँडेलको नाममा देखिएको छ ।’ सांसद रेग्मीले भनिन् ‘अनलाईनमा त्यो मिस्टेक देखेर मालपोत जाँदा मेरो जग्गाको ढड्डा खोज्न मलाई ४ दिन लाग्यो । धन्न ढड्डामा मेरै नाम रहेछ ।’ उनले यस्तो अस्तव्यस्त कहिलेसम्म ? भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ