arrow

आइसीसी टि–२० : अफगानिस्तानको लगातार दोस्रो जित

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
ICC-T-20.jpg.jpeg
एजेन्सी । भारतमा जारी आइसीसी टि–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो चरणको खेलमा समूह ‘बी’ मा रहेको अफगानिस्तानले हङकङलाई ६ विकेटले हराउँदै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको हो ।
 
नागपुरमा भएको खेलमा टस जितेर व्याटिङ गरेको हङकङले दिएको एक सय १७ रनको चुनौती अफगानिस्तानले १२ बल बाँकी छँदै भेट्टायो । उसले १८ ओभर खेल्दै मात्र ४ विकेटको क्षतिमा चुनौली पार गरेको हो । अफगानिस्तानका लागि ओपनर मोहम्मद सेहजादले बनाएको ४१ रन नै जितका लागि पर्याप्त बन्यो ।
 
यस्तै, दोस्रो विकेटका लागि नुर अली जद्रानले ३५ रन बनाए । जितसंगै अफगानिस्तानले २ अंक जोडेको छ । पहिले व्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १६ रन मात्रै बनाउन सक्यो । यसअघि, अफगानिस्तानले स्कटल्याण्डलाई १४ रनले हराएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ