arrow

जागीरबाट खुसी थिएनन् यी युवक बने ‘डिजिटल भिखारी’, कमाउछन् मासिक ८ लाख

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
digital-begger.jpg

काठमाडौं । देशका विभिन्न स्थानमा भिखारी देख्न सकिन्छ । विशेषगरी धार्मिकस्थल तथा भीडभाड हुने स्थानमा मानिसहरु भीख मागिरहेको देख्न सकिन्छ । यद्यपि के तपाइँले सामाजिक सञ्जालमा भीख माग्दै गरेको थाहा पाउनुभएको छ ? धेरैलाई यो कुरा विश्वास नलाग्न सक्छ तर अमेरिकाको न्युयोर्कका एक युवक सामाजिक सञ्जाल ट्वीटरमा भीख माग्छन् र यसको माध्यमबाट महिनाको लाखौं कमाइ गर्ने गर्छन् ।

यो पैसाले उनी निकै महँगो जीवनशैली बिताइरहेका छन् । ट्वीटरमा भीख माग्ने यी युवकको नाम जोवन हिल हो । यद्यपि उनले यो पेश अंगाल्नुभन्दा पहिला एक रेष्टुरेन्टमा काम गर्थे । त्यतिबेला उनी ९६५ पाउण्ड अर्थात् १ लाख ४० हजारभन्दा बढी कमाउँथे ।

त्यसअघि उनी घरघरमा गएर स्वास्थ्य स्याहार एसिस्टेन्टको पनि काम गर्थे । उनी आफ्नो कमाइबाट सन्तुष्ट थिएनन् । त्यसैले उनले अनलाइनमा भीख काम शुरु गरे । सामाजिक सञ्जाल ट्वीटरमा उनका १ लाख १० हजार फलोअर्स छन् । उनी प्रत्येक महिना भीख मागेर ८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

रमाइलो कुरा के छ भने यी युवक फोब्र्सको सबैभन्दा लोकप्रिय व्यवसायीको रुपमा आफ्नो नाम दर्ता गराउन चाहन्छन् । उनका अनुसार ट्वीटरमा उनका ट्वीट र लाइभ स्ट्रिमिङ धेरै मनोरञ्जनात्मक हुन्छन्, यसबाट खुसी भएर मानिसहरुले उनलाई पैसा दिने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ