arrow

अमरेशलाई झपटको चुनौती : 'लुट्न सके लुट् ...' संसदमै गाए एक महिनाको तलव

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
jhapat_rawal.JPG

काठमाडौं । पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कारको घोषणा गर्ने अमरेश कुमार सिंहलाई नेकपाका सांसद झपट रावलले चुनौती दिएका छन् । सिंहले सो पुरस्कारको राशी घोषणा पछि शून्य समयमा बोल्दै झपटले संसद्मा नै सो गीत पढेर सुनाउन सिंहलाई चुनौती दिएका हुन् । झपटले सिंहले संसदमा नै सो गीत सुनाउन सके उनलाई एक महिनाको तलब दिने घोषणा समेत गरेका छन् । 

रावलले अरु सरकारको पालामा मलाई अमेरिका यही, मलाई जापान पनि यही भन्दै गीत गाउने पशुपति शर्माले कम्युनिष्ट सरकारको पालामा भने यस्तो नकारात्मक गीत गाएको भन्दै आपत्ति समेत जनाएका छन् । उनले यसलाई आफूहरुले संयोगको रुपमा मानेको भएपनि प्रतिपक्षी दलको सांसदले पुरस्कारको घोषणा गरेपछि भने यो प्रतिपक्षले उक्साएको विषय रहेको पुष्टि भएको बताए । 

सोमबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद सिंहले अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्दै सत्ता पक्षले त्यो गीत युट्बबाट हटाउन लगाएको भन्दै आपत्ति समेत जनाएका छन् । उनले जनताको भावना, बुद्धिजीवीको भावनालाई सरकारले सम्मान गर्न सक्दैन भने जनताले पनि सरकारको सम्मान गर्न नसक्ने अमरेशको बुझाई थियो । उनले सरकार जनताप्रति उत्तरदायी रहेकोले जनताको भावना सरकारले बुझ्नुपर्ने धारणा समेत राखेका छन् । 

सरकारले बोल्नेको मुखमा ताला लगाउने र सुन्नेको कानमा मर्करी वा सिसा पगालेर राख्नुपर्ने सोचाई राखेको आरोप समेत लगाए । गत शुक्रबार गीत सार्वजनिक गरेका शर्माले शनिबार नै तीब्र दबाबका कारण युटुबबाट सो गीत हटाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ