arrow

रणवीर कपूरसँगको सम्बन्धबारे आलियाको यस्तो जवाफ

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
Ranveer-Alia-1.jpg

काठमाडौं । बलिउडका एक जोडी रणवीर कपूर र आलिया भट्ट आफ्नो प्रेम सम्बन्धको कारण चर्चामा छन् । कहिलेकाँही यी दुईको बीचमा केही मनमुटावको समाचार पनि आउने गरेका छन् ।

हालसालै पनि यो जोडीको एक भिडियो भाइरल भएको छ, जहाँ उनीहरु एकअर्कासँग विवाद गरिरहेका छन् । आलियाको यो भिडियो आफ्नो फिल्म ‘गली ब्याइ’को स्क्रिनिङको हो ।

आलियाले एशियन एजसँगको विशेष कुराकानीको क्रममा सो भिडियोको बारेमा स्पष्टीकरण दिएकी छिन् । उनले बताएकी छिन्, ‘मैले त्यो दिन भ्यालेन्टाइन्स डे मनाएकी थिए । यसअघि म निरन्तर गली ब्याइको प्रमोशनमा थिएँ । त्यसैले म भ्यालेन्टाइन्स डेभन्दा अघिल्लो रात ढिला सुतेकी थिएँ, जसको कारण भोलिपल्ट ढिला उठेँ । मोबाइल हेर्दा धेरै म्यासेज आएका थिए । त्यसमा केही म्यासेज फिल्मको तारिफलाई लिएर गरिएको थियो भने केही म्यासेज भ्यालेन्टाइन्स डेको बधाईका र केही अपरिचितको विवाहको प्रस्ताव थियो ।’

उनले आफ्नो रणवीरसँग कुनै मनमुटाव नरहेको पनि स्पष्ट पारेकी छिन् । उनले १५ फेब्रुअरीमा रणवीर कपूरसँग डिनर पनि खाएकी थिइन् । यसअघि सार्वजनिक भएको भिडियोको बहसले उनीहरुको सम्बन्ध खासै राम्रो नरहेको देखिएको भए पनि आलियाले सम्बन्ध ठीकठाक चलिरहेको भन्दै डिनरको फोटो पनि शेयर गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ