arrow

सत्रुघ्न सिन्हाको भाउजुले गरिन् आत्महत्या

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
shtrughan-sinha.jpg.jpeg
एजेन्सी । भारतीय जनता पार्टी (बीजेपी) का नेता सत्रुघ्न सिन्हाको भाउजु शीला सिन्हाले गुडगाउ स्थित आफ्नो घरमा झुन्डिएर आत्महत्या गरेकि छिन् । गुडगाँउ प्रहरीका अनुसार ६० वर्षीय महिला सेक्टर ५१ स्थित आफ्नो  घरको पंखमा झुन्डिएको अवस्थामा पाइएको हो । छिमेकिले घरवाट दुर्गन्ध आएको उजुरीको आधारमा  पुलिस शीलाको घरमा पुगेको थियो । पुलिसका हवल्दार हवा सिंहका अनुसार 'घर भित्र पस्नको लागि  मुख्य ढोका फोर्नु परेको थियो ।' सिंहले भने शीलाकि छोरि भारती अहमदाबादमा बस्छिन् भने उनका छोरा भारती हिन्दू बेगुलुरूमा बस्छन् ।
 
भारतिय सञ्चारमाध्यमका अनुसार शीलाको मृत्यु एक हप्ता पहिले भएको हुनसक्ने अनुमान गरिएको छ । उनि घरमा एकलै बस्थिन् र घरमा सहयोगि पनि राख्ने गर्दिनन् । शीलाको पूर्व पति भरत सिन्हा लण्डनमा छन् । यो दम्पति बिच करीब २५ बर्ष पहले सम्बन्धविच्छेद भएको थियो ।  करीब सात बर्ष देखि शीला गुड़गाउमा एक्लै फ्लाटमा बस्दै आएकि थिइन् । उनलाई केहि साता देखि छिमेकिले देखेका थिएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ