arrow

यी गायकसँग डेटमा जान चाहन्छिन् शाहरुख खानकी छोरी

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
shahrukh-khan-daughter-suhana.jpg

काठमाडौं । बलिउडका चर्चित स्टार शाहरुख खानकी छोरी सुहाना खान अहिले लण्डनमा आफ्नो कलाकारिताको पढाइ गरिरहेकी छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा दक्षिण कोरियन पप गायक किम जुन मियोनसँग डेटमा जान चाहेको बताएकी छिन् ।

आफ्नो पढाइ सकेपछि भारतीय फिल्ममा डेब्यू गर्ने तयारीमा रहेकी उनले हालसलै मात्र सामाजिक सञ्जालमा यस्तो बताएकी हुन् । उनले इन्स्टाग्राममा उनले आस्क मि एनिथिङ सेसनको क्रममा डेट जान चाहेको गायकको नाम लिएकी हुन् ।

उनले नाम लिएका गायकलाई सुहू नामले पनि चिनिन्छ । सुहानाले यी गायकको फोटोसमेत देखाउँदै यस्तो बताएकी थिइन् । केही समयअघि शाहरुख खानले सुहानाको फिल्ममा डेब्यूको विषयमा बोल्दै शाहरुखले उनलाई केही वर्ष तालिमको आवश्यकता रहेको बताएका थिए ।

यस्तोमा सुहाना अहिले आफ्नो फिटनेसमा ध्यान दिइरहेकी छिन् । उनी आफ्नो आउटफिटलाई लिएर निकै चर्चित छिन् । बलिउडमा उनी कहिले डेब्यू गर्छिन् भन्ने कुरा अहिले धेरैको प्रतीक्षाको विषय बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ