arrow

एड्स भन्दा खतरनाक ‘सेक्स सुपरबग’ आयो, सुरक्षित सेक्स गर्नुस्

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
Gonorrhea-REX.jpg.jpeg
एजेन्सी। यदी तपाई सुरक्षित सेक्स गर्नु हुँदैन भने अब तपाई जोखिममा पर्न सक्नु हुन्छ । अर्थात् एड्ससहित यौन रोगका अन्य जोखिमहरु त यसअघि बाटै थिए नै अब सेक्सकै कारण अर्को गम्भीर खतरा समेत विश्वमा भित्रिएको तथ्य पत्ता लागेको छ । संयुक्त राज्य अमेरिकाको तटीयमुलुक ‘हवाई’मा ‘सेक्स सुपरबग’ नामक एक खतरनाक जीवाणुको दुईवटा मामिला बाहिर आएको छ । जसले विश्वभरका चिकित्सकलाई चिन्तित बनाएको छ । 
 
हवाईका स्वास्थ्य विभाग अधिकारीहरुले ‘सुपरबग’ एड्स फैलाउने जीवाणु ‘एचआईभी’ भन्दा पनि खतरनाक भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यसबाट बच्न मुस्किल हुने बताएका छन् । हवाईको स्वास्थ्य विभागले सुपरबगको रोकथामका लागि नयाँ ‘एन्टिबायोटिक’ पत्ता लगाउन सरकारसँग ५४ मिलियन डलर राशी माग गरेका छन् । वरिष्ठ चिकित्सकहरुले सुपरबगलाई कुनै पनि औषधीले छुन नसक्ने बताएका छन् । चिकित्सकका अनुसार सेक्स सुपरबगलाई ‘गोनोरिया एच ०४१’ नामबाट पनि चिनिन्छ । 
 
सुपरबगको पहिलो पहिचान वर्ष सन् २०११ मा जापानमा भएको थियो । यसपछि यो हवाईमा फैलिएको थियो । अहिले भने क्यालिफोर्निया र नर्वेतिर पनि यसको संक्रमण फैलिन सुरु भएको अनुमान गरिएको छ । हवाईमा पहिलो पटक सन् २०११ मा सेक्स सुपरबगको मामिला एक युवतीमा भेटिएको थियो । हवाईका चिकित्सकहरुले पूरा देशभरी यसबाट सुरक्षित रहन सल्लाह दिएका छन् । चिकित्सकहरुले सुपरबगबाट विशेष सचेत रहन आग्रह गर्दै यसको जीवाणु धेरै आक्रामक भएको बताएका छन् । 
 
यो द्रुत गतिमा फैलिने र कम समयमा नै असर देखाउने खालको भएको चिकित्सकहरुको भनाई छ ।  विशेषज्ञहरुले सदैव सुरक्षित सेक्स गरेको खण्डमा यसबाट जोगिन सक्ने जनाएका छन् । जीवाणु देखिएको मुलुक हवाईमा कोहीसँग पनि नयाँ सम्बन्ध बनाउनुअघि पहिले आफ्नो ‘पाटर्नर’को शारीरिक जाँच गराउन सल्लाह दिइएको छ ।
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ