arrow

चर्चित गायक राहत फतेह अली खानसँग बलिउडको प्रतिशोध

logo
प्रकाशित २०७५ फागुन ७ मंगलबार
rahat-fateh-ali-khan-600x3611.jpg

काठमाडौं । टी-सीरीजले १५ फेब्रुवरीमा पाकिस्तानी गायक राहत फतेह अली खानको नयाँ गीत 'ज़िन्दगी' सार्वजनीक गर्ने तयारी गरेको थियो । अहिले म्युजिक कम्पनीले आफ्नो युट्युब च्यानलका साथै अन्य सामाजिक सञ्जालबाट गायकको म्युजिक भिडियो हटाएको छ । पुलवामा आतंककारी आक्रमणपछि बलिउडले पाकिस्तानी कलाकारहरुलाई चिड्याउन थालेको हो ।  

राहतले १४ फेब्रुवरीमा ट्विटरमा ट्वीट गरेका थिए जसमा उनले लेखेका थिए, 'टी-सीरीज मेरोको गीतलाई सार्वजनीक गर्दैछ ।' तर पुलवामा आक्रमणपछि टी-सीरीजले मृत सैनीकका परिवारलाई समर्थन गर्दै भिडियो हटायो ।

राहतको एक गीत सार्वजनिक गरिए पनि त्यसलाई तुरुन्तै हटाइयो । टी-सीरीज अहिले पाकिस्तानी कलाकारहरुसँग सम्बन्धित कुनै प्रकारको बिषयबस्तुलाई सहयोग गर्न चहादैन ।  कम्पनीले भारतीयहरुको भावनालाई ध्यानमा राख्दै र विस्फोटमा ज्यान गुमाएका जवानको सम्झनामा सो निर्णय लिएको हो ।

महाराष्ट्र नवनिर्माण सेनाको शाखा चित्रपट सेना प्रमुख अमेय खोपकरले भने,' हामीले भारतीय संगीत कम्पनिहरु जस्तै टी-सीरीज, सोनी म्युजिक, भिनस, टिप्स म्युजिकसँग पाकिस्तानी गायहरुसँग काम नगर्न भनेका छौं । यी कम्पनिहरुले यस्तो काम तुरुन्द बन्द गर्नुपर्छ नत्र हामी आफ्नो शैलीबाट कारबाही गर्नेछौं ।'

भूषण कुमारको कम्पनी टी-सीरीजले राहत फतेह अली खान र आतिफ असलमसँग दुई बेग्ला- बेग्लै गीतकालागि सम्झौता गरेको छ ।  चेतावनीपछि कम्पनीले  युट्युब च्यानलबाट पाकीस्तानी कलाकारको गीत हटाएको खोपकरको दाबी छ ।

भारत प्रशाशित काश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले गरेको आक्रमणमा केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४१ जवानले ज्यान गुमाएका थिए । विवादित हिमाली क्षेत्रमा गाडीमा गइरहेका दुई हजार ५०० सुरक्षाकर्मीको दस्तामाथि जीप ठोक्काएर गरिएको आत्मघाति आक्रमण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ