arrow

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग : मन्त्री पोखरेल

चैत मसान्तभित्र स्ववियु निर्वाचन

logo
प्रकाशित २०७५ फागुन ७ मंगलबार
giriraj_p.jpg

प्यूठान ।  नेपालमा २०४६-४७ को जनआन्दोलन पछि शिक्षा प्रणालीमा व्यापारीकरण भएकाले यसको सुधारका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठनको तयारीमा सरकार रहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले बताएका छन् ।

पत्रकार भेटघाट कार्यक्रममा  शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्न सरकार समाजवादउन्मुख शिक्षा नीति निर्माणका साथै ८ कक्षासम्मको परीक्षा स्थानीय तह, एसइई प्रदेश र १२ कक्षाको परीक्षा सङ्घीय सरकारले लिनेगरी व्यवस्था गर्न खोजिएको मन्त्री पोखरेलको भनाइ थियो ।

उनले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिए ।  उनले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ