arrow

क्यान्सरबाट यसरी बच्ने, पाँच उपाय

logo
प्रकाशित २०७५ फागुन ७ मंगलबार
Child_with_cancer.jpg

काठमाडौं । अहिले क्यान्सर निकै नै बढ्दै गएको छ । वातावरणमा रहेको प्रदूषण र खानेकुरामा हानिकारक रसायनको मात्राले आगामी दिनमा क्यान्सरले भयावह रुप लिनसक्ने देखिएको छ ।

यस्तोमा अहिलेको पुस्ताले आउँदो पिँढीलाई क्यान्सरको उपहार त दिँदै छैन ? भन्ने प्रश्न उब्जिएको छ । यस्तोमा बच्चालाई भविष्यमा क्यान्सरको जोखिमबाट सुरक्षित राख्नका लागि निम्न उपाय अपनाउन सकिन्छ –

१. राम्रो बानीव्यवहार

राम्रो बानीव्यवहारले भविष्यमा हुनसक्ने क्यान्सरको जोखिम घटाउँछ । त्यसैले बच्चासँग राम्रो व्यवहार गर्नुपर्छ र उनीहरुलाई पनि राम्रो बानी सिकाउनुपर्छ । यसले बच्चामा सकारात्मक ऊर्जाको पनि विकास हुन्छ ।

२. स्वस्थ जीवनशैली

यदि तपाइँ आफ्ना बच्चा स्वस्थ रहोस् भन्ने चाहनुहुन्छ भने आफ्नो जीवनशैली पनि स्वस्थ बनाउनु जरुरी हुन्छ । समयमा सत्ने, समयमा उठ्ने, नशाबाट टाढा रहने, नियमित कसरत गर्ने, स्वस्थ भोजन गर्ने यी सबै स्वस्थ जीवनशैलीको उदाहरण हो । तपाइँ सधैं यस्तै जीवनशैलीको पालना गर्नुहुन्छ भने बच्चाले पनि त्यसैको अनुशरण गर्नेछ, जसले उनीहरुमा क्यान्सर हुने सम्भावना निकै कम गर्न सक्छ ।

३. फलफूल तथा हरिया सागपात

बच्चाहरुलाई सानैदेखि हरिया सागपात र फलफूल खाने बानी बसाल्नुपर्छ । यसबाट उनीहरुलाई आवश्यक मिनरल र भिटामिन मिल्छ । सागपात र फलफूल क्षारीय प्रकृतिका हुन्छन् । यस किसिमको क्षरीय गुणले क्यान्सरको जोखिम कम गर्छ ।  

४. धेरै चिनी र नुन नखानु

प्रशोधित चिनी र अत्यधिक नुन हालेको खानेकुरा बच्चालाई खुवाउनु हुँदैन । यसको बानी पर्‍यो भने छुटाउन गाह्रो हुन्छ । अत्यधिक चिनीले शरीरमा अम्लीयपना बढ्छ । शरीरमा अम्लीयपनाले शरीरमा क्यान्सरका कोशिकाहरुलाई बढावा दिन्छ । अत्यधिक चिनीले क्यान्सरका साथै अत्यधिक रक्तचाप र सुगरजस्ता रोगलाई पनि जन्म दिन्छ ।

५. मोटोपनबाट बच्नु

बच्चालाई स्वस्थ भोजन गराउनु जरुरी हुन्छ । विशेषगरी उनीहरुलाई बाहिर पाइने जंक फूडबाट बचाउनुपर्छ । यस किसिमका खानामा फ्याट, सुगर र नुनको मात्रा अत्यधिक हुन्छ । यसले बच्चामा नै माटोपनको शिकार हुने सम्भावना बढी हुन्छ । मोटोपन पनि क्यान्सरको एक कारण हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ