arrow

छोरी सारालाई करीनाको डेटिङ टिप्स

logo
प्रकाशित २०७५ फागुन ७ मंगलबार
kareena-sara-ali-khan.jpg

काठमाडौं । बलिउडकी नायिका सारा अली खान पछिल्लो केही समययता आफ्नो निजी जीवनको विषयलाई चर्चामा आएकी छिन् । उनले केही दिनअघि कार्तिक आर्यनसँग डेट गर्न चाहेको खुलासा गरेकी थिइन् । यस्तोमा उनका बाबु सैफ अली खानको दोस्रो श्रीमती करीना कपूरले पनि उनको डेटिङबारे आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

करीना कपूरले एक कार्यक्रममा सारालाई डेटिङको केही टिप्स दिएकी छिन् । उनले खान स्टोरी नाइट्स २ च्याट शोको क्रममा उनले सारालाई केही टिप्स दिएकी हुन् । उनलाई साराको डेटबारे सोधिएको प्रश्नमा पहिलो फिल्मको हिरोसँग कहिल्यै पनि डेटमा नजान सल्लाह दिएकी छिन् । उनले आफूले एक असल साथीको रुपमा उनलाई यो सल्लाह दिएको बताएकी छिन् ।

साराले बलिउडमा केदारनाथ फिल्मबाट डेब्यू गरेकी थिइन् । यो फिल्ममा उनले सुशान्त सिंह राजपूतसँग अभिनय गरेकी थिइन् । सारा अली खानले यसअघि नै करीना कपूरसँग एक साथीको नाता रहेकी बताइसकेकी छिन् । सारा अब छिटै नै गोविन्दाको फिल्म ‘कुली नम्बर वान’मा आउनसक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ