arrow

आफ्नो भिडियोको ट्रोल बनेपछि शिल्पा शेट्टीकी बहिनी शमिताले लेखिन् भावुक पोस्ट

logo
प्रकाशित २०७५ फागुन ७ मंगलबार
Shamita-Shetty-got-trolled-over-samita-shetty.jpg

काठमाडौं । बलिउडबाट बिदा लिइसकेकी नायिका शमिता शेट्टीको एक भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ । उक्त भिडियोमा शमिताले एक फ्यानसँग निकै भद्दा व्यवहार गरेको देखिएको छ ।
 
सो  भिडियो भाइरल भएसँगै केही मिडिया पब्लिकेशनले शमिताको यो भिडियोमा समाचार पनि प्रकाशित गरेका थिए । यससँगै शिल्पा शेट्टीकी बहिनी शमिताले यसबारे आफ्नो धारणा व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट सार्वजनिक गर्दै आफूलाई निकै नराम्रो लागेको  उल्लेख गरेकी छिन् ।

उनले कसैले पनि कलाकारको समस्या नबुझ्ने बताएकी छिन् । उनले आफू कुनै एक कामका लागि गइरहेको अवस्थामा आफ्नो स्वास्थ्य पनि ठीक नरहेकोमा फ्यानलाई अस्वीकार गर्नु उचित नलागेर फोटो पनि खिचाएको उल्लेख गरेकी छिन् । केही ढिलो हुन सक्ने भएपछि उनी पर्खिइनन् र उनको हातको समस्याको करण उनी हातमा बोर्ड बोकेर हिँड्नसक्ने अवस्थामा थिइनन् । एक सेलिब्रेटी भएको नाताले आफूमाथि हरेक कुराको ख्याल गरिन्छ तर सच्चाइ विना बोल्न नपाइने उनको भनाइ छ ।

भिडियोमा शमिता आफ्नो कारतर्फ अघि बढिरहेको अवस्थामा एक फ्यान उनको अगाडि आउँछिन् र फोटोको लागि आग्रह गर्छिन् तर उनी निकै नर्भस हुन पुग्छिन्, जसको कारण उनले आफ्नो मोबाइलको क्यामेरा मिलाउन सक्दिनन् । फ्यानको यस्तो कार्यले निराश बनेकी शमिताले उनको हात समाएर क्यामेरा मिलाइदिन्छिन् । यो भिडियोलाई मानिसले इन्टरनेटमा भाइरल बनाएका छन् ।

सामाजिक सञ्जालमा शमिताले फ्यानलाई फोटो लिन खोजेकोमा धन्यवाद दिनुपर्ने बताएका छन् भने केहीले शमिताको अभिमान बढेको उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ