arrow

हेलिकप्टरबाट सुत्केरीको उद्धार

logo
प्रकाशित २०७५ फागुन ७ मंगलबार
fistel-air-helecopter.jpg.jpeg

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्धार गरिएको हो । बुढालाई राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उपचारका लागि बाँकेको कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिमपातले जनजीवन कष्टकर

यसवर्ष छैटौँ पटक भएको हिमपातले जिल्लाका त्रिपुराकोट, छल, पहाडा, करेलीकाँडा, सुँ, जुफाल, दुनैलगायतका स्थानहरु सेताम्य भएका छन् । सोमबार रातभरीको भारी बर्षातपछि आज बिहान लगातार दुइघण्टासम्म भएको हिमपातले जनजीवन कष्टकर बनेको छ ।

हिमपातले जुफाल बिमानस्थल अवरुद्ध भएको छ । धावनमार्गमा बाग्लो हिँउ जमेपछि विमानस्थल अवरुद्ध भएको हो । विमानस्थल अवरुद्ध भएपछि नेपालगञ्जदेखि कुनैपनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणका प्रमुख बालकुमार सिँहले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ