arrow

यस्तो आउँदैछ सामसुङको ग्यालेक्सी फोल्ड, के के छन् विशेषता ?

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन ७ मंगलबार
foldable_smartphones.png

काठमाडौं । दक्षिण कोरियन कम्पनी सामसुङले बुधबार आफ्नो ग्यालेक्सी एस १० सिरिजका २ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । प्रतिवेदनका अनुसार बुधबार नै कम्पनीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन पनि सार्वजनिक गर्नेछ । 

सार्वजनिक हुनुभन्दा पहिला नै सामसुङको फोल्डेबल स्मार्टफोनको नाम सार्वजनिक भएको छ । कम्पनीले यसलाई ग्यालेक्सी फोल्ड नाम दिएको छ । सामसुङको यो स्मार्टफोनबारे अहिलेसम्म धेरै विवरणहरु सार्वजनिक भइसकेका छन् । 

प्रतिवेदनअनुसार यसमा ७.३ इन्चको स्क्रिन हुनेछ । यद्यपि यसलाई सानो ट्याबलेटमा बदल्न पनि सकिन्छ । ग्यालेक्सी फोल्ड एन्ड्रोइड ९ पाइमा चल्नेछ । यसमा ८जीबी र्‍याम र १२८ जीबीको इन्टर्नल स्टोरेज हुनेछ । 

यसमा दुई फरक फरक ब्याट्रिको प्रयोग हुनसक्ने बताइएको छ । समग्रमा ६ हजार एमएएच क्षमताको ब्याट्रिको प्रयोग उक्त स्मार्टफोनमा हुनेछ । यसका २ ब्याट्रिले दुई डिस्प्लेलाई पावर दिनेछन् । 

यसमा ड्युअल रेयर क्यामेराको प्रयोग गरिनेछ । उक्त दुवै क्यामेरा समान १२ मेगापिक्सलको हुनेछन् । फ्रन्टमा भने ८ मेगापिक्सलको क्यामेरा हुनेछ । यो स्मार्टफोनको मूल्य करिब १८ सय डलर हुनसक्ने अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ