arrow

मधेशी महिला र पुरुष केन्द्रीय सदस्यमा को छन अघी ?

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
4.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधेशीतर्फको महिला र पुरुष दुबै पदमा मत गणना शुक्रबार बिहानदेखि भइरहेको छ। मधेशी पुरुषमा ३ जना र महिलामा दुईजनाको लागि प्रतिष्पर्धा भइरहेको छ। ६ सय मत गणना भइसक्दा अजयकुमार चौरसिया महेन्दल्दर यादव रामकृष्ण यादव रञ्जित कर्ण रामचन्द्र तिवारी र विरेन्द्र कुमार कनौडियाका बीचमा प्रतिष्पर्धा भइरहेको छ। 
 
मधेशी महिलामा भने किरण यादव पार्वता डीसी चौधरी मानाक्षी झा र मुक्ता कुमारी यादवबीच प्रतिष्पर्धा भइरहेको छ। 
 
यता खुल्लामा भने डा.शेखर कोइरालाको समेत ३ सय ५४ मतका साथ अगाडी छन्। खुमबहादुर खड्का ३५३ मत ल्याएर दोस्रोमा रहँदा प्रकाशमान सिंह ३ सय ५२ मतका साथ पछ्याइरहेका छन्। निर्वाचन समितिका प्रगति रञ्जितका अनुसार अग्रस्थानमा रहेका प्रदीप पौडेलको ३४७, बिमलेन्द्र निधिको ३३८ पूर्ण बहादुर खड्काको ३३६ र बालकृष्ण खाँणको ३३२ मत रहेको छ। 
 
मधेशी पुरुष र महिलामा को को अग्रस्थानमा रहेकाहरु को को छन त ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ