arrow

ओपोले ए७ र एथ्रीएसको मुल्य घटायो

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
2.png

काठमाडौं । ओपोले नेपालमा आफ्ना उपभोक्ताका लागि दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ र ए३एस (२ र ३ जीबी भ्यारियण्ट)लाई नयाँ आकर्षक समायोजित मूल्यमा उपलब्ध गराएको हो । ए सिरिज अन्तर्गतका फोनको लागि उपभोक्ताद्वारा प्राप्त मायाँ र सहयोग प्रति कृतज्ञता स्वरुप कम्पनीले यी फोनलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको बताइएको छ ।
 
अगस्ट २०१८मा सार्वजनिक ए३एस दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपी एआई सक्रिय फ्रण्ट क्यामेरा तथा फुल स्क्रिन सहित सार्वजनिक पहिलो उपकरण हो । यो फोन विशेषगरी मितब्ययी मूल्यमा अत्याधुनिक प्रविधि समायोजित स्मार्टफोन चलाउन चाहनेहरु लक्षित गरी सार्वजनिक गरिएको हो । त्यसैगरी, ए७ भने बिगर ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८मा सार्वजनिक गरिएको थियो । ए–सिरिज अन्तर्गत सार्वजनिक यी दूबै फोन नेपालमा सर्वाधिक विक्रि हुन सफल फोन मध्यका हुन् । मितब्ययी मूल्यमै फोनमा उपलब्ध गरिएका मोबाइल फोटोग्राफी अन्तर्गतका नवप्रर्बतन तथा उच्च अत्याधुनिक प्रविधिका लागि यिनले उपभोक्ता माझ निकै लोकप्रियता पायो । शक्तिशाली ब्याट्री सहित सार्वजनिक गरिएका दुबै फोन यूवा पुस्ता र तिनमा पनि विशेष गरी कलेज जाने पुस्ता माझ विशेष लोकप्रिय रहेका छन् ।
 
मूल्य समायोजन पश्चात अब ओपो ए७ नेपाली बजारमा ३२ हजार ९ सय ९०मा उपलब्ध गरिएको छ । त्यसैगरी, ओपो ए३एस (३जीबी) रु. २४ हजार ५ सय ९० र ए३एस (२जीबी) रु. १८ हजार ४ सय ९०मा उपलब्ध गरिएको छ ।

४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको ओपो ए७मा उपभोक्ताको प्राकृतिक झैँ देखिने तस्विर खिच्ने चाहना पुरा होस् भन्ने सोचका साथ १६ एमपी फ्रण्ट क्यामेरा (एआई २.० सहितको) र १३+२एमपी डुअल रियर क्यामेराको ब्यवास्था गरिएको छ । त्यसैगरी, ओपो ए३एसमा भने १३+२ एमपी डुअल रियर क्यामेराका साथमा ८ एमपी एआई सक्रिय गरिएको फ्रण्ट क्यामेरा दिइएको छ । फोनमा सुपर फुल स्क्रिनका साथमा एआई ब्यूटी प्रविधि पनि उपलब्ध छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ