arrow

सैफ अली खानजस्तो कोही छैन : अजय देवगन

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
saif-ajay.jpg

काठमाडौं । अजय देवगन अहिले आफ्नो आगामी फिल्म ‘टोटल धमाल’को प्रमोशनमा व्यस्त छन् । साथै उनी ‘तानाजी–द अनसंग वारियर’को शुटिङ पनि गरिरहेका छन् ।  यसैबीच आफ्नो फिल्मको प्रमोशनको क्रममा उनले सैफ अली खानको भूमिकाबारे खुलेर प्रशंसा गरेका छन् । उनले तानाजीमा सैफ अली खानको भूमिका उत्कृष्ट रहेको बताएका छन् ।

यो फिल्म स्क्रिप्टिङको स्तरदेखि नै निकै विशेष रहेको छ । त्यसैले फिल्ममा दमदार नायकको माग गरिएको थियो । अजय देवगनले यो फिल्मका लागि सैफ अली खानजस्तै नायकको खाँचो रहेको र यो भूमिका उनीबाहेक अरु कसैले पनि निभाउन नसक्ने देखिएसँगै उनलाई यो फिल्ममा समावेश गरिएको बताए ।

अजय देवगनको लागि यो १ सयौं फिल्म हो । यो फिल्ममा अजय र सैफ अली खानका साथै काजोल र जागापति बाबु मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म ओम राउतले निर्देशन गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ