arrow

काँग्रेस सांसद केसीले संसद्मै च्यातिन् सरकारले बनाएको नियमावली 

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
Uma_kc.jpg

काठमाडौं । स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम संचालन सम्बन्धी नियमावली, २०७५  ले समानुपातिक सांसदलाई प्रत्यक्ष निर्वाचित सांसदहरु भन्दा तल्लो स्तरमा राख्ने प्रयास गरेको भन्दै काँग्रेस सांसद उमा रेग्मीले संसदमा नै नियमावली च्यातेकी छिन् ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद रेग्मीले एउटै सभामा बस्ने सांसदहरुमा समेत विभेद हुने गरी व्यवस्था गरेर सरकारले कस्तो लोकतन्त्र ल्याउन खोज्दै छ ? भन्दै सरकारलाई प्रश्न समेत गरेकी छिन् । 

उनले स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम संचालन सम्बन्धी नियमावली, २०७५ ले समानुपाति सांसदहरुलाई विभेद गरेको गुनासो गरिन् । उनले नियमावलीले समानुपातिक सांसदलाई दोस्रो दर्जाका सांसद बनाएको र कुनै पनि सांसदलाई नियमावली मान्य नहुने भन्दै सबै समानुपातिक सांसदको तर्फबाट आफूले सो विधेयक च्यातेको बताउँदै सोही समयमा नियमावली च्यातेकी हुन् । नियमावलीमा निर्वाचन क्षेत्र विकास कोषका लागि विनियोजन भएको बजेटको खर्चसम्बन्धी व्यवस्था गरिएको छ । जसमा खर्च प्रत्यक्ष निर्वाचित सांसदले मात्रै पाउने र समानुपातिक सांसदले नपाउने व्यवस्था उल्लेख गरिएको छ । 

यस विषयमा धेरै समानुपातिक सांसदहरुको गुनासो रहेको छ । उनीहरुले एउटै सभामा रहेका सांसदहरुमाथिको यस्तो विभेद विश्वको कुनैपनि संसदमा नहुने भन्दै यस्तो व्यवस्था सच्याउन सरकारसँग माग समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ