arrow

जिल्ला परिषदमा आफु निकट पार्टीका कार्यकर्ता सम्मानित

logo
गणेश खनाल।
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
Rukum-hamrakura.jpg.jpeg
रुकुम। रुकुम जिल्लाको नौँ जिल्ला परिषद आफु निकट पार्टीका कार्यकर्ता सम्मान गर्दै सम्पन्न भएको छ । शुक्रवार रुकुमको सदरमुकाम मुसिकोटमा रहेका जिल्ला विकास समितिको प्राङगणमा भएको परिषदमा जिल्लाको विकास निर्माण भन्दा पनि आफना निकट पार्टीका मानिसहरुलाई कसरी, कति, कहाँबाट सम्मान गर्ने विषयमा ध्यान केन्द्रित थियो । जिल्लाको समग्र विकासको लागि कुनै व्यक्तिले कुनै न कुनै स्थानबाट सहयोग नपुर्‍याउने त कोही नहोला तर पनि कसले बढी योगदान दिए र उसले गरेको कामबाट जिल्लाले के उपलब्धि लिन सके भन्ने विषयको मूल्याकन गरेर सम्मान गर्नु पर्ने हो । तर यस्तो नभई कामका आधारमा भन्दा पनि राजनैतिक दलका अनुसार हेरेर आफुले स्वार्थ लिने उद्धेश्यले आफनो निकटका मानिसहरुलाई सम्मान गरिएको छ ।
 
एमाओवादी र एमालेको सिफारिसबाट सञ्चालित जिम्मेवार व्यक्तिले आफु निकटका  मान्छे सम्मान गरेका छन । उनिहरुले सम्मान गर्नेहरुमा आफ्नो रोजीरोटीका लागि सहज पर्नेगरि वाटो निर्माणमा अनियमितता गर्ने स्व घोषित ठेकेदारदेखि सरकारी तहका व्यक्ति सम्मानित गरेका छन् । उनीहरुले योगदान नदिएको भएपनि उनीको आँखामा जिल्लाका सबैभन्दा उत्कृष्ट मानिए, सम्मान गरेपनि चाप्लुसीका आधारमा सम्मान पाएका हुन ।
 
सम्मान कार्यक्रममा कुनैपनि खालको मुल्याङ्कन मापदण्ड अपनाईएको छैन । सम्मानित हुनेहरुमा ३० भन्दाबढि एमाले र माओवादीका कार्यकर्ताहरु छन् । उनीहरुमध्ये कसैलाई उत्कृष्ट कर्मचारी, कसैलाई उत्कृष्ट एनजिओ भन्दै सम्मान गरिएको हो । तर सम्मान भएका कर्मचारी र ति एनजिएओहरु जिल्लाका नाम सुन्नमा समेत आएका छैनन्। काँग्रेसका सबै नेता तथा कार्यकर्ताहरुको ध्यान महाधिबेशनमा केन्द्रित भएकोबेला सम्मानको निर्णय गरिएको हो। काँग्रेसका जिल्ला तहका नेताहरुसंग कुनै समन्वय नगरी सम्मान गरिएको एक जिल्ला सदस्यले बताए । उनले एकलौटी तर्फबाट २-३ जनामात्र काँग्रेस समर्थित व्यक्तिहरुलाई आलोचनाबाट बच्न समेटको ति जिल्ला सदस्यले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ