arrow

कांग्रेसलाई मत गणनाको सकस : शनिबारदेखि विहानै मत गणना

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
cong-new-photo.jpg.jpeg
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्यको मतगणना सुस्त भएको र चैत ३ गतेभित्र निर्वाचन आयोगमा निर्वाचित  केन्द्रीय कार्यसमितिको नामावाली पठाउनुपर्ने ‘डेडलाइन’ का कारण गणना समयमा हेरफेर भएको छ ।  कांग्रेस निर्वाचन समितिलाई भ्याइ नभ्याई हुने भएको छ । ३ गते भित्र सक्नै पर्ने भएपछि निर्वाचन समितिले शनिबार विहान ८ बजेबाट बाँकी सबै केन्द्रीय सदस्य र सात प्रदेशको समेत मत गणना थाल्ने भएको छ ।
 
खुला केन्द्रीय सदस्यको मत गणना भएकै तीन दिन भइसकेपनि पूर्ण परिणाम आउन सकेको छैन । कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले सूचना जारी गरी प्रदेश र सबै केन्द्रीय सदस्यको मत गणना विहान ८ बजेबाट हुने जानकारी दिएका छन् । यसअघि विहान १० बजेदेखि साँझ ७ बजे सम्म हुँदै आएकामा अब भने विहान ८ बजेबाट गणना हुने भएको छ । 
 
संवैधानिक व्यवस्थानुसार कांग्रेसले चैत ३ गतेभित्र महाधिवेशन सक्काएर चयन भएका पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयागेगमा पेश गर्नुपर्ने छ । निर्वाचन समितिको प्राविधिक कठिनाई र जनशक्ति व्यवस्थापनका कारण  महाधिवेशनको निर्वाचन भएको तीनदिन सम्म पूर्ण मतपरिणाम आउन सकेको छैन । चैत ३ गतेभित्र महाधिवेशन भएको जानकारीसहित निर्वाचित पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयोगमा पेश गुर्नपर्ने प्रावधान रहेको निर्वाचन आयोगले जनाएको छ । 
 
कांग्रेसले तीनपटकसम्म कार्यसमितिको म्याद थप गरी साढे पाँच वर्षसम्म लम्ब्याएको थियो । संविधानमा कुनै पनि राजनीतिक दलले बढीमा साढे पाँच वर्षभित्र महाधिवेशन सम्पन्न गरेर पदाधिकारी र सदस्यको चयन गुर्नपर्ने प्रावधान छ । कांग्रेससंग अव पाँच दिनको मात्रै समय छ । 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ