arrow

शाहरुख पुत्री सुहानाको यस्तो इच्छा

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
saharukh-putri.jpg

काठमाडौं । बलिउडका अभिनेता शाहरुख खानकी छोरी सुहाना खानले सामाजिक सञ्जाल इन्स्टाग्राममा दक्षिण कोरियन पप गायक किम जुन मियोनसँग डेटमा जान चाहेको बताएकी छिन् ।

 सुहानाले इन्स्टाग्राममा उनले आस्क मि एनिथिङ सेसनको क्रममा डेट जान चाहेको गायकको नाम लिएकी हुन् । उनले नाम लिएका गायकलाई सुहू नामले पनि चिनिन्छ । सुहानाले यी गायकको फोटोसमेत देखाउँदै यस्तो बताएकी थिइन् ।

सुहाना अहिले लण्डनमा आफ्नो कलाकारिताको पढाइ गरिरहेकी छिन् । आफ्नो पढाइ सकेपछि भारतीय फिल्ममा डेब्यू गर्ने तयारीमा रहेकी उनले हालसलै मात्र सामाजिक सञ्जालमा यस्तो बताएकी हुन् ।

केही समयअघि शाहरुख खानले सुहानाको फिल्ममा डेब्यूको विषयमा बोल्दै शाहरुखले उनलाई केही वर्ष तालिमको आवश्यकता रहेको बताएका थिए । यस्तोमा सुहाना अहिले आफ्नो फिटनेसमा ध्यान दिइरहेकी छिन् । उनी आफ्नो आउटफिटलाई लिएर निकै चर्चित छिन् । बलिउडमा उनी कहिले डेब्यू गर्छिन् भन्ने कुरा अहिले धेरैको प्रतीक्षाको विषय बनेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ