arrow

कुमार केटाको अभाव भएको देश जहाँ विवाह गर्न वरको खोजीमा छन् हजारौ युवती

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
brazils-noiva-do.jpeg

काठमाडौं ।  प्रत्येक केटीको युवावस्थामा विवाह गर्ने सपना हुन्छ । विवाह धूमधामले होस् उसको चहानना हुन्छ ।  तर,  यस्तो एक ठाँउ रहेको छ जहाँ महिलाले विवाह गर्न निकै कठिन भएको छ  । सो ठाँउमा सुन्दर महिलाहरुले पनि कुमार केटा पाउन सकेका छैनन् ।

ब्राजीलको नोइवा दो कोरडेएरो कस्बेमा २० देखि ३५ बर्षका महिलाहरु अहिले पनि आफ्ना लागि वरको खोजीमा रहेका छन् । उक्त  कस्बेमा हजारौ केटिहरु विवाह गर्नका लागि तड्पिएका छन् । सो कस्बेमा टाउको दुखाइको बिषय सुन्दर महिलाहरुले कुमार केटा नपाउनु बनेको छ ।

कस्बेमा बस्ने केटिहरु माया र विवाहको सपना देखेका छन् तर विवाहको लागि मात्र उनिहरु कस्बा छोड्न चाहादैनन् । उनिहरु छिमेकी गाँउका पुरुहरु विवाह गरुन्  र कस्बेमा आएर सँगै बस्न् भन्ने चाहान्छन् ।  साथै पहाडको बिचमा रहेको कस्बे गाँउमा धेरै कम विवाहित पुरुष रहेका छन् र बाकि जो कुमार केटा छन् ती केशोरावस्था प्रवेश गर्दै छन् ।

कस्बेको यो समस्या केटा -केटि बिचको जन्मदरको भिन्नताका कारण उत्पन्न भएको हो । कस्बेमा खेती-किसानी समेत महिलाको वर्चस्व रहेको छ । सो स्थानमा महिलाले बनाएको नियम कानुन अनुसार नै पुरुषले चल्नुपर्ने हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ